महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा तारा
उद्घोष डेली डटकम । २०८१ मङ्सिर ९ गते
विराटनगर । महिला मानवअधिकार रक्षक सञ्जाल मोरङको अध्यक्षमा तारा घिमिरे चयन भएकी छन् ।
आइतबार आयोजित वार्षिक साधारण सभाबाट घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको जनाइएको छ ।
सञ्जालको उपाध्यक्षमा राधा बस्नेत, सचिवमा तोया लिम्बू, सहसचिवमा बिनिता राई र कोषाध्यक्षमा शारदादेवी राई चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा गोमा दाहाल, अर्पणा राजवंशी, पुनम कोइराला सापकोटा, भीमकुमारी ढकाल, बिनिताकुमारी सिंह, राधा पासवान, उर्मिला खडका, एलिना खतिवडा र सरिता दाहाल चयन भएको निर्वाचन समितिका संयोजक मनोहर पोखरेलले बताए ।
साधारण सभाले सञ्जालकी अध्यक्ष इन्दु चौधरीले प्रस्तुत गरेको सांगठिनक प्रतिवेदन र विनिता राईको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको जनाइएको छ । साधारण सभाको उद्घाटन भने केन्द्रीय कोषाध्यक्ष मञ्जिता उपाध्यायले गरेकी थिइन् ।
कार्यक्रममा इन्सेकका अधिकृत मनोहर पोखरेल, सामुदायिक सेवा केन्द्र तीनपैनीकी अध्यक्ष मीना जोशी, गैसस महासंघकी सहसचिव बागमता कट्टेल, पूर्वाञ्चल बाल आश्रमकी ब्युटी श्रेष्ठ, परिवर्तनशील समाजका दुर्गानन्द राय लगायतले शुभकामना दिएका थिए ।
साधारण सभामा मानवअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संस्थाका महिला मानवअधिकार रक्षकहरूको सहभागिता रहेको थियो । सञ्जालले मोरङका ९ वटा पालिकामा सञ्जाल विस्तार गरेको जनाइएको छ ।
Source: https://udghoshdaily.com/news/274291-241124213808/detail
Source: https://arunkhabar.com/archives/7947
Source: https://shorturl.at/ekZAT