महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु
के एन खबर डटकम । धनुषा । २०७९ मंसिर ९ गते
सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ ०७९ मङ्सिर ९ गतेबाटबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेशको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानवअधिकार आयोग, ओरेक नेपाल, जानकी महिला संजाल, माइती नेपाल, सेद द चिल्ड्रेनलगायतको संघसंस्थाहरुको सहकार्यमा जनकपुरधाम ¥याली गरिएको हो । जनकचोकबाट सुरु गरिएको ¥याली, शिवचोक, भानुचोक, मिल्सएरिया हुदै महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय तथा कोण सभामा परिणत भयो ।
कोणसभामा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेशका सहसचिव देवकुमारी खत्री, इन्सेक मधेश प्रदेश संयोजक राजु पासवान, राष्ट्रिय मानवअधिकार आयोग जनकपुरका प्रमुख मन्जु खतिवडा, ओरेक प्रदेश संयोजक विकास बन्जारालगायतले कोणसभामा बोल्दै लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सफलताको कामना गर्नुभयो । मधेश प्रदेशमा लैङ्गिकताको हिसावले घटनाहरुमा बृद्धि भएको देखिएकाले यसको न्युनिकरणका लागि टोल टोलमा जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको इन्सेक संयोजक पासवानले बताउनु भयो । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने सो अभियान अन्तर्गत विश्वभरि नै लैङ्गिक हिंसा नियन्त्रण तथा मानव अधिकार संरक्षणका लागि विभिन्न चेतनात्मक कार्यक्रम गरिन्छ ।
HUMAN RIGHTS NEWS PORTAL






