महोत्तरीमा ६ वर्षीया बालिकामाथि बलात्कार
नेपाली भ्यूज । २०७८ चैत २७ गते
बालिकाको स्वास्थ्य अवस्था बिग्रिएको छ। विपन्न परिवारको भएको हुँदा पैसाको अभावमा उपचार गराउनसमेत सकेका छैनन्। आरोपित पक्षले दोषीलाई छुटाउन दबाब दिइरहेको पीडित बालिकाका बुबाले बताए । महोत्तरी। महोत्तरीमा ६ वर्षीया बालिकामाथि बलात्कार भएको छ। बालिकाको स्वास्थ्य अवस्था बिग्रिएको छ। विपन्न परिवारको भएको हुँदा पैसाको अभावमा उपचार गराउनसमेत सकेका छैनन्। पीडित परिवार दोलाठीस्थित आरबी इट्टा भट्टामा मजदुरी गर्दै आएका थिए। उक्त दम्पत्तीकी ६ वर्षीया छोरी गत १२ चैतमा मकवानपुर घर भई दोलाठी बस्ने २० वर्षीय राजेश लामाले बलात्कृत भएकी थिइन्। पीडित परिवारले चैत १६ गते मात्र घटनाका बारेमा बालिकाले बताएपछि थाहा पाएको पीडितका बुवाले बताए। पीडित बालिकालाई आमाले नुहाउन लाग्दा योनीमा दुःखेको बताएपछि घटना बारे थाहा पाएर प्रहरीलाई खबर गरेको थियो। घटनाको जानकारीपछि २६ चैतमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश संयोजक राजु पासवान नेतृत्वको टोलीले स्थलगत अध्ययन गरी घटनाको बारेमा जानकारी लिएका छन्।