मानवअधिकारको संरक्षण र सम्बद्र्धनका लागी संचारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिथिला जागरण डटकम । २०७९ असार १ गते

रौतहट, असार १ गते । मानवअधिकारको संरक्षण र सम्बद्र्धनका लागी संचारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम नेपालपत्रकार महासंघ रौतहट शाखाको सभाकक्षमा सम्पन्न भएको छ ।  सो कार्यक्रमलाई ब्यनर पढेर नेपालपत्रकार महासंघ मधेश प्रदेशकाकार्य समिति सदस्य शैलेन्द्र झाले उदघाटन गर्दै मानवअधिकारको हनन राज्यपक्षका निकाय द्धारा हुने गरेको बताए । १० दिसेम्बर १९४८ मामानव अधिकारको विश्व व्यापी घोषणा पत्रमाजारी भएको स्मरण गराउदै मानव अधिकारको रक्षा , गाँस वास कपासको व्यवस्था सहित स्वास्थ्यशिक्षाको ग्यारेटी तथा सबैलाई सम्मान रुपले बाच्नपाउने अधिकार हुने उल्लेख भएपनि राज्यका सम्बन्धित निकायले पुर्वाग्रही , इश्र्या, भेदभाव ,आर्थिक प्रलोभनमा कार्य गर्दै आएकोले मानवअधिकारको हननभइ रहेको मधेश प्रदेश सदस्य झा ले बताए । संचारकर्मीले आआफनो तहबाट पिडितको समस्यालाई उजागर गर्दै आएको खण्डमा राज्यका निकायले कहिले काही दुःख दिने नियतले पत्रकारलाई झुठा मुद्धामा फसाउने गरेको प्रति दुःख व्यतm गरे ।

मानवअधिकार हननका पुष्टि गर्ने निकाय राज्यपक्षका निकाय नै रहेकोले जो झाक्री उही बोक्सी उखानले पुष्टि गरेको उनले बताए । मानवअधिकार वादीहरुले समयमा प्रतिवेदन सार्वजनिक नगरेको कारण जनमानस मा मानवअधिकारवादी प्रतिको विश्वास घटदै गएको मधेश प्रदेश सदस्यझाले अवगत गराए का थिए ।
अधिकारवादीले तुरुन्त घटेको घटनाको प्रतिवेदन सार्वजनिक गरे जनमानसमा विश्वासको वातावरण हुने झाले बताए । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपनि राजाशासनकै पाला देखि आएको कामकारवाई हुनेको स्पष्ट धारण राखेका थिए ।  यस अन्तरक्रिया कार्यक्रम मा नागरिक समाज , शिक्षक , वकिल, समाजका भद्रभलादमी , सुरक्षाकर्मी लगायतको सहभागिता गराएको भए अझ प्रभावकारी हुने थियो भने सुझाव समेत मधेश प्रदेश सदस्यझाले दिएका थिए ।  नेपालपत्रकार महासंघ रौतहट शाखाकाअध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षता इन्सेका केन्द्रिय सदस्य शेष मुकसुद , अनोपचारिक क्षेत्र सेवा केन्द्र जनकपुरका प्रमुख राजु पासवान ,नेपालपत्रकार महासघका पुर्व अध्यक्ष रविन्द्र प्रसादशाह , महासघका उपाध्यक्ष प्रवीण शर्मा ,कोषाध्यक्षधर्मेन्द्र शाहपुर्व उपाध्यक्ष जय प्रकाश यादव , प्रेस मञचका अध्यक्ष किशोरी यादव ,मधेश पत्रकार महासघका दिनेश यादव ,पत्रकार राजु श्रीवास्तव लगायतका वतmाहरुले आ–आफनो धारणा राखेका थिए ।

Source: https://www.mithilajagaran.com/post.php