मानवअधिकार उल्लङ्घनका घटनामा कमी
चितवन । २०७८ पुस १५ गते
जिल्लामा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको जनाएको हो । सन् २०२१ को नोभेम्बर १५ सम्म मानवअधिकार उल्लङ्घनका ९२ घटना भएका छन्
अघिल्लो वर्ष यसै अवधिमा ११० घटना भएका थिए । सन् २०२१ मा भएका घटनामा ८८ महिला र चार पुरुष पीडित बनेका छन् । इन्सेक चितवनका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालयमा परेका उजुरीका आधारमा घटना विवरण सङ्कलन गरिएको हो । बालअधिकार उल्लङ्घनका ५१, हत्याका चार, महिला अधिकार उल्लङ्घनका ३७ घटना भएको सो अवसरमा जानकारी दिइएको थियो । बलात्कारका घटनामा बालिका २९ र महिला १६ जना पीडित बनेका छन् । बालविवाह एक र बहुविवाहका १० घटना भएका छन् ।