मानवअधिकार रक्षकहरुका लागि क्षमता बिकास कार्यशाला सुरु
शुभ सन्देश डटकम । २०७९ चैत २३ गते
अनाैपचारिक सेवा केन्द्र ईन्सेककाे आयाेजनामा २ दिने मानब अधिकार रक्षकका लागि क्षमता बिकास कार्यशाला आज देखि सुर्खेतकाे वीरेन्द्रनगरमा सुरु भएको छ । कार्यक्रमकाे उद्घाटन समाराेहमा कर्णाली प्रदेश संयाेजक नारायण सुवेदी ले स्थानीय स्तरमा रहेका मानवअधिकारका कुराहरुलाइ बाहिर ल्याउनकाे लागि मानव अधिकार रक्षक हरुले पुलकाे रुपमा काम गर्दै आएकाे बताउनुभएको छ । मानवअधिकार रक्षकको जुनसुकै ठाउमा आवश्यक हुने हुदा मानव अधिकार रक्षककाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
कार्यक्रममा पालिका स्तरमा काम गर्दा आईपर्ने चुनाैति र समस्याको समधानका लागि आवश्यक छलफल तथा समीक्षा गर्ने सुबेदीले बताउनुभएको छ । कार्यक्रममा जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालका संयाेजक शर्मिला बिसीले मानव अधिकारकाे बिषयमा २ दिनकाे बिषयबस्तु महत्त्वपूर्ण रहेकाे हुदा सहभागीले महत्त्वपूर्ण समय दिनुपर्ने बताउनुभयो ।
उद्घाटन समारोहमा कर्णाली प्रदेश सभा सदस्य इन्द्रा कुमारी शाहीले इन्सेकले मानवअधिकारकाे क्षेत्रमा गरेकाे कामकाे प्रशंसा गर्दै आगामी दिनमा मानवअधिकारलाई थप प्रभावकारी बनाउन सबैले आ आफ्नाे ठाउँबाट आवश्यक सहयोग गर्नुपर्नेमा जाेड दिनुभएको छ । मानवअधिकार समुहमा राजनीतिक प्रभाव हुन नहुने भन्दै शाहीले मानवअधिकारकाे बिषयलाई थप प्रभावकारी बनाउन कर्णाली प्रदेश सभामा आवाज उठाउने प्रतिबद्धता जनाउनुभएकाे छ । कार्याशालामा दैलेख, सुर्खेतका मानवअधिकार रक्षकहरुकाे सहभागीता रहेकाे छ ।