मानवअधिकार समूहका सदस्य र सरोकारवालाहरुको लागि क्षमता अभिवृद्धि तालिम शुरु

सफल आवाज डटकम । पोखरा । २०७९ मङ्सिर १५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्धारा माछापुच्छ्रे गाउपालिकामा मानवअधिकार समूहका सदस्य र सरोकारवालाहरुका लागि २ दिने अभिवृद्धि तालिम शुरु भएको छ । उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष मिन बहादुर गुरुङ्गले लक्षित वर्गहरुको हकअधिकारको लागि मानवअधिकार समूहले काम गर्नेमा विश्वस्त रहेकाे बताए । गाँउपालिका लगायत सबै वडाहरुबाट पनि यहाँहरुको पहलमा मानवअधिकार समूह मार्फत गाँउपालिकासंग समन्वय गरेर मानवअधिकारका सवालहरुलाई उठान गर्ने विश्वास व्यक्त गरे । सबैको मानवअधिकर अधिकार सुनिश्चीतताको लागि स्थानिय सरकारको ध्यान जाने बताउँदै मानव अधिकार प्रत्याभूतीका लागि पालिका प्रतिवद्ध र संवेदनशिल रहेको बताए । यसैगरि गाँउपालिकाको उपाध्यक्ष तथा यस कार्यक्रमको विशिष्ट अतिथि सिता अधिकारीले महिलाहरु घरभित्र नै सुरक्षित नभएको अवस्थामा घरभित्रमा पुरुषहरुको भूमिका परिवर्तन गर्न जरुरी रहेको छ भन्दै सम विकासको लागि हामी सबैले पहल गर्नु पर्छ उनले भने।

यसैगरि राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेशको प्रमुख मायादेवी शर्माले क्षमता अभिवृद्धि तालिमहरु निरन्तर गरिरहनु पर्ने हुन्छ भन्दै आगामी दिनमा मानव अधिकारका विषयलाई नितिगत रुपमा सम्वोधन गर्नका लागि यस्ता तालिमहरुले थप मद्धत पुग्ने बताइन । साथै तालिममा सिकेका कुरालाई व्यवहाहारमा प्रयोग गर्ने र मानवअधिकारको संरक्षण र सम्वद्र्धनको लागि राज्यलाई जवाफदेही र जिम्मेवार बनाउन सबै क्षेत्रको पहल आवस्यक रहेको कुरा व्यक्त गरिन्। इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यक्रमको उद्धेश्य र स्वागत इन्सेकका कार्यक्रम अधिकृत सवनम शर्माले गरेकी थिइन । कार्यक्रमको संचालन कास्की जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीले गरेकी थिइन।

२ दिन सम्म संचालन संचालन हुने तालिममा मानवअधिकारको अवधारणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, जनवकालत, शिक्षा, स्वास्थ्य, वातावरण र जातिय विभेद विरुद्धको अधिकार सम्वन्धि गाँउपालिकाको निति तथा कार्यक्रम र कार्यान्वयनको अवस्था, समूहकार्य स्थानिय समूदायमा मानवअधिकारमा पनि शिक्षा, स्वास्थ्य, वातावरण र जातिय विभेदको अवस्था, सुधारका लागि कस्को भूमिका, आगामी रणनिति कस्तो बनाउने , शुशासन र मानवअधिकार, नेतृत्व, मानवअधिकार विकास पद्धती एक अवधारणा, न्यायीक समितिको काम, कर्तव्य र अधिकार, मानवअधिकार समूहको आगामी १ वर्षको लागि कार्ययोजना निमार्ण गर्ने रहेको छ । यस २ दिने तालिममा इन्सेकका प्रदेश संयोजक शिव खकुरेल, कार्यक्रम अधिकृत सवनम शर्मा, प्रमुख प्रशासकिय अधिकृत वेदहरि अधिकारी, राष्ट्रिय मानवअधिकार आयोगको प्रमुख मायादेवी शर्मा, सहजकर्ता शुष्मा आचार्य अधिकारीले सहजीकरण गर्ने इन्सेक प्रदेश संयोजक शिव खकुरेलले बताए।

Source: https://safalawaj.com/2022/12/01/99938/