मानव अधिकारको अवस्थाबारे बहस

 नेपालगन्ज न्यूज

 
 

आज नेपालगन्जमा प्रदेश ५ को समसामयिकमानवअधिकार अवस्था बारे छलफल गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजना तथा डिसिएको सहयोगमा आयोजित छलफल कार्यक्रमका सहभागीहरूले लकडाउनको समयमामानवअधिकार रक्षकमाथिभएका दुर्व्यवहार घटना प्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

इन्सेक प्रदेश ५ प्रमुख भोला महतले लकडाउनको समयमा स्वास्थ्यकर्मीहरूलाई डेराबाट निकालेको, समाचार सङ्कलनमा रहेका पत्रकारमाथि कुटपिट र दुर्व्यवहार गरिएको बताउनु भयो । प्रमुख महतले सरकारले पुर्व जानकारी बिना लकडाउन गरेकोले मानिसहरूलाई समस्या परेको बताउदै क्वारेण्टाइनको उचित व्यवस्थापन नहुँदा कोभिड– १९ को जोखिम रहेको बताउनुभयो ।
नेपाल बार एशोसिएशनका उपाध्यक्ष सुनिल श्रेष्ठले कोरोनाका कारण न्यायिक निकायहरू प्रभावित भएकाले न्याय सम्पादनमा समस्या भएको बताउनु भयो । उहाँले हालको परिस्थितिमा घटनालाई मात्र नभई घटनाको अवस्थालाई पनि चित्रण गर्न आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगकीअधिकृत द्वारिका अधिकारीले राहत वितरणमा एकरुपता नभएको बताउनु भयो । उहाँले गर्भवति महिलाले धेरै समस्या खेप्नु परेको बताउदै चिकित्सकहरूले सामान्य रोगको पनिऔषधि नगर्दा अर्को रोगले ग्रसित पारेको बताउनुभयो ।
उच्च अदालत बार एशोसिएशनका नेपालगञ्जका अध्यक्ष विकास आचार्यले खाद्य वस्तुमा मिसावट गरेर बिक्री वितरण भएको बताउनु भयो
अभियान नेपालकी अभियान्ता कमला पन्तले शारीरिक हिंसामात्र नभइ मानसिक हिंसाका विषयलाई पनि अधिकारकर्मीहरूले उजागर गर्न आवस्यक रहेको बताउनुभयो । उहाँले कोरोना भाइरसका कारण देश विदेशबाट जागिर छोडेर घर बसेकालाई परेको मानसिक समस्यार राज्यले गरेको व्यवहारका विषयमा इन्सेकले अध्ययन गर्न सुझाउनु भयो ।
उपभोक्ता हित सङ्रक्षण मञ्चका अध्यक्ष अधिवक्ता बसन्त गौतमले फातिमा फाउण्डेसन नेपालकी कार्यवाहक अध्यक्ष मैमुना सिद्दिकिले लकडाउनका वेला काम गर्नमा धेरै चुनौति आएको बताउनुभयो । महिला बालबालिकाहरु भोकमरीमा परेको बताउनुभयो । मानवअधिकारकर्मी प्रकाश उपाध्यायले न्यायिक समितिहरु सवै बन्द गरेको र कुनै पोष्टहरुपनि नराखेकोले ९० प्रतिशत घटनाहरु घरभित्रै लुकेको बताउनुभयो । उहाँले लकडाउनका समयमा न्यायिक समितिमा कुनैपनि उजुरी नआएकोले यसमा सवैको ध्यान हुनुपर्ने बताउनुभयो ।
मानवअधिकारकर्मी रबिन्द्र कुमार कर्णले लकडाउनका कारण विद्यालय छोडने बालबालिकाको संख्या कम हुने सम्भावना भएकोले यसले भबिष्यमा ठुलो समस्या निम्त्याउने बताउनुभयो ।

Source: http://www.nepalgunjnews.com/main-news/20200746381/