नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम मंगलबार दमाैलीमा सम्पन्न भएकाे छ । जिल्ला मानवअधिकार सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा भएकाे साे कार्यक्रका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नेपाला भएका हरेक राजनीतिक आन्दोलनले मानवअधिकारको थप उपलब्धीको रक्षा गरेको बताउनुभयाे। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्ठ मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागि इन्सेकले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्नुपर्न बताउनुभयाे । साथै एकिकृत समाजबादीका जिल्ला कमिटिका अध्यक्ष श्रीराम कार्कीले अहिले सबैभन्दा बढि स्वास्थ्य क्षेत्रमा समस्या रहेको हुँदा स्वास्थ्य क्षेत्र सुधार्न राज्यका निकायहरु लाग्नु पर्ने बताउनुभयाे । साथै उत कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले तनहुँमा ६ महिनाको अवधिमा भएका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरुको बारेमा सार्वजानिक गर्नुभएकाे थियाे। इन्सेकका अनुसार यस अवधिमा तनहुँमा घरेलु हिंसाका २९, बलात्कार र बलात्कार प्रयासका १४, यौनदुव्र्यहवारको २, हत्याको ६, कुृटपिटको २, गिफ्तारको १ र मानव बेचविखचको १ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका थियाे । साथै उपनिर्वाचनको क्रममा ७ वटा निर्वाचन आचार संहिता विपरितको घटना भएको इन्सेकको प्रतिबेदनमा उल्लेख गरिएकाे छ ।
मानव अधिकार अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
तनहुँतरङ न्यूज डटकम । २०८० असार १२ गते
Source: https://tanahuntaranganews.com/