मानव अधिकार तथ्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम सुर्खेतमा सम्पन्न
१९ कार्तिक २०७७, बुधबार १७:२९
सुर्खेत ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतकाे आयोजना तथा डिसिएको आर्थिक सहयोगमा कात्तिक १९ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाका तथ्याङ्क अभिलेखिकरण सम्बन्धी पुनर्ताजगी तालिम विरेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकार उल्लङ्घनका तत्य तथ्याङ्कहरुलाई डिजिटिलाइज गर्ने उद्देश्यले इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत अन्तर्गत कार्यरत जिल्लाका इन्सेक प्रतिनिधिहरूका लागि तालिमको आयोजना गरिएको हो ।
इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीले तथ्याङ्कलाई चुस्त र व्यवस्थित गर्न जिल्ला प्रतिनिधिहरू क्रियाशिल हुनुपर्ने बताउनु भयो । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका प्रलेख अधिकृत टिका बिष्टले वर्ष पुस्तकका लागि सङ्कलन गरिएका घटनाहरूलाई सफ्टवयरमा इन्ट्री गर्ने कार्यको सहजिकरण गर्नु भयाे।
कार्यक्रममा भर्चुयल माध्यमबाट सम्बोधन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जिल्ला प्रतिनिधिहरुले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घनका घटनाहरु सत्यतथ्यमा आधारित हुनु पर्ने बताउँदै नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने सम्पूर्ण घटनाहरुलाई विश्वशनिय र तथ्यपूर्ण बनाउन इन्सेक प्रतिनिधिहरुले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका इन्सेक जिल्ला प्रतिनिधीकाे सहभागिता रहेकाे थियाे ।