मानव अधिकार प्रवद्र्धन अभियानको क्रममा अन्तरक्रिया र रयाली कार्यक्रम सम्पन्न
धनुषा, केएन खबर डटकम । २०७८ जेठ १७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको आयोजना तथा बालअधिकार सचेतना समुह धनुषा कब्बडी खो खो एकेडेमी, मानव अधिकारका लागि महिला र एकल महिला समुहको समन्वयमा क्षिरेश्वरनाथ नगरपालिकामा मानव अधिकार प्रर्वद्धन अभियान जेठ १७ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक मधेश प्रदेश प्रमुख राजु पासवानले मानव अधिकारको संरक्षण र सम्बद्र्धन र प्रर्वधन गरिनु प्रत्येक नागरिकको कर्तव्य भएको बताउनुभयो । स्थानिय समुदाय सचेत भई जिम्मेवार निकायलाई जवाफदेही बनाउन तयार रहनु पर्नेमा जोड दिनुभयो । मानव अधिकारको संरक्षण हुदै प्रवर्धन गर्न सकेको खण्डमा बढी भन्दा बढी मान्छेहरुले मानव अधिकार बारे जानकारी प्राप्त गर्ने बताउनुभयो ।
मानव अधिकार समूहकी अध्यक्ष शोभा भण्डारीले मानव अधिकार समूहले विगतमा पनि मानव अधिकारका लागि आवाज उठाएको हो, अहिले पनि उठाउँदै छौं र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको हक संविधानमा स्पष्ट उल्लेख छ त्यसैले यसको कार्यान्यवनमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रम अन्तर्गत क्षिरेश्वर उच्च माध्यमिक विद्यालयबाट महेन्द्रनगरको सखुवाचोकसम्म विभिन्न जनचेतनामुलक संदेशसहितको प्लेकार्डसहित रयाली प्रदर्शन गरिएको छ ।
Source: https://knkhabar.com/news/9109?fbclid=IwAR0ZpSlmm3I9r1mLER77QltwZSC3sis-n9WOO5I8I6NOdEbzNBGp6HaObOc