मानव अधिकार समुह कैलारीले उपाध्यक्ष चौधरीलाई बुझायो राय सुझाव पत्र

कैलाली खबर डटकम । २०८१ जेठ १३ गते

१४ जेठ,सुखड । कैलालीको कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवती कुमारी चौधरीलाई गाउँपालिका स्तरीय मानव अधिकार समूहले वार्षिक नीति तथा कार्यक्रमको लागी राय सुझाव बुझाएको छ । आईतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूहले उपाध्यक्षलाई वार्षिक नीति तथा कार्यक्रमको लागी राय सुझाव बुझाएको हो । आगामी आर्थिक वर्ष २०८१/०८२ मा बन्ने वार्षिक नीति तथा कार्यक्रमको लागी राय सुझाव बुझाएको समूहका संयोजक मान बहादुर चौधरीले जानकारी दिए ।

बुझाएको राय सुझावमा आगामी आर्थिक वर्ष २०८१/०८२ मा बन्ने वार्षिक नीति तथा कार्यक्रमको लागी संविधानमा व्यवस्था भए बमोजिम स्कुल शिक्षा (१ देखि १२ कक्षा सम्म) अनिवार्य तथा क्रमशः निःशुल्क बनाउँदै लगिनु पर्ने, विद्यार्थी संगँ अध्यक्ष कार्यक्रम सञ्चालन गर्नु पर्ने, विद्यालय शिक्षालाई समय अनुकूल तथा गुणस्तरीय बनाउनका लागि शिक्षण सिकाई क्रियाकलापमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा विशेष जोड दिनु पर्ने, लागु पदार्थ दुर्व्यसनीको रोकथाम गर्ने नीति लिनु पर्ने, स्वास्थ्य संस्थाहरूको सेवा प्रभावकारी नहुँदा स्वास्थ्य संस्थाहरू प्रति सेवाग्राहीहरूको वितृष्ण बढ्दै गएकोले त्यसमा सुधार गर्नु पर्ने भनिएको छ ।

Source: https://www.kailalikhabar.com/news/11258