मानव अधिकार समूह इच्छाकामनाले बुझायो गाउँपालिकामा ८ बुदेँ ज्ञापन पत्र
इच्छाकामना डटकम । २०८० मङ्सिर १३ गते
कुरिनटार : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले इच्छाकामना गाउँपालिकामा विभिन्न ८ बुदेँ ज्ञापन पत्र बुझाएका छन् । इच्छाकामना गाउँपालिका स्तरिय मानव अधिकार समूहले आज गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषाललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा अझै इच्छाकामनाका समुदाय विद्युत सेवाबाट बञ्चित भएकाले तत्काल उक्त सेवा पु¥याउनुपर्ने, किसानहरुलाई अनुदानको व्यवस्था गर्नुपर्ने, गर्भवती महिलाहरुलाई नि : शुल्क यातायतको सुविधा गरिनुपर्ने, पीछडीएका समुदायको बसोबास रहेका कारण अझै पनि सेनेटरी प्याडको प्रयोगबारे तालिम उपलब्ध गराउनुपर्ने, बिद्यालयहरुमा डस्टविनको अनिवार्य व्यवस्था गरिनुपर्ने, विद्यालय जानेबाटो जोखिममा रहेकाले तत्काल स्तरोन्नती गरिनुपर्ने वडा नम्बर ४ कुरिनटार बजार क्षेत्रमा कुहिने र नकुहिने फोहोरहरुको डस्टविन राखिनुपर्ने, मुग्लिनदेखि इच्छाकामना सम्म जानेबाटोमा विभन्न जाजातीका बोटविरुवा तथा फुलहरु रोपिनुपर्ने र पीछडिएका समुदायस्तरमा बालबिवाह सम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने लगायतका विषयहरु समेटिएका छन् ।
ज्ञापन पत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत भुषालले उक्त ज्ञापन पत्रमा समेटिएका विषयहरुलाई आगामी कार्यापालिका बैठकमा पेश गर्ने बताउनुभयो । समूहका अध्यक्ष पार्वती गिरि सहित समूहका सदस्यहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वागमती प्रदेश कर्यालय हेटौँडाले चितवनको इच्छाकामना गाउँपालिकामा स्थानिय समुदायको शिक्षा,स्वास्थ्य, र वातावरण सम्बन्धी विषयमा जिम्मेवार निकायलाई उत्तरदायी र जिम्मेवार बनाउन विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । सो अभियानका लागि इच्छाकामना गाउँपालिका स्तरिय मानव अधिकरा समूह क्रियाशिल रहेको छ । उक्त समूहले, गोष्ठी, शिविर, सामुहिक भेला तथा छलफलबाट समस्याहरु पहिचान गरि जिम्मेवार निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।