राक्सिराङमा मानव अधिकार समुहद्वार ६ बुंदे ज्ञापन पत्र पेस : कार्यावनयन हुनुपर्ने माग

कालीपोखरी डटकम । २०७९ फागुन २१ गते

राक्सिराङ गाउँपालिका स्थानिय समुदायको शिक्षा, स्वास्थ्य, वातावरण र बाताबरणसङ्ग विषयमा देखा परेका समस्या एबम बिकृतीलाई सुधार गर्नको लागि गत शुक्रबार गाउँपालिका समक्ष मानव अधिकार समुह राक्सिराङ्गद्वार ६ बुंदे ज्ञापन पत्र पेस गरेको हो । राक्सिराङ गाउँपालिका सामाजिक बिकास शाखा प्रमुख गोबिन्द अधिकारी समक्ष सो ज्ञापन पत्र पेस गरेको थियो । पत्र बुझ्दै आफ्नो मातहतको कमि कमजोरिहरु तत्काल समाधान गर्न तर्फ लागि पर्ने बताउनुभयो । समुहले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य , महिला बालबालिका तथा वातावरणसङ्ग सम्बन्धि क्षेत्रमा स्थानिय सेवाग्राहि र सेवा प्रदायक निकायहरुमा विभिन्न जानकारी आदन प्रदानमा सहजता र सेवाप्रबाहमा सबैको पहुँच पुर्याउनका लागी मध्यस्थकर्ताको भुमिका निर्बाह गर्दै आईरहेकोछ ।

समुहको २०७९/०९/१९ गते सम्पन्न बैठकले राक्सिराङ गाउँपालिकाको शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका र वातावरण लगाएतका क्षेत्रका सेवाहरुमा सुधारका लागि ज्ञापन पत्र पेश गरिएको थियो ।
वडा नम्बर १मा बिरामीलाई ओसार पसार गर्न स्टेचरको ब्यबस्था गर्नुपर्ने र बिद्यालयको शौचालयमा पानीको ब्यबस्था गर्नुपर्ने , वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकी र बिद्यालयका कर्मचारी एबम शिक्षकको अफिस समयमा उपस्थिती समयमै हुनुपर्ने ,वडा नम्बर ३ मै महिलाहरुको लागि भिडियो एक्सरे मेसिनको ब्यबस्था गर्नुपर्ने , वडा नम्बर ९ मा रहेको स्वास्थ्य चौकीमा साधारण चोटपटक लाग्दा समेत उपचार नहुने अवस्था रहेकोले अबिलम्ब ब्यबस्था गर्नुपर्ने , बिद्यालयमा प्रबेश गर्दा शिक्षक धुम्रपान तथा मध्यपान गरी आउने गरेकाले अनुगमन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने र बिद्यालयमा बितरण हुदै आईरहेको सेनिटरी प्याड गुणस्तरीय नभएकोले तत्काल गुणस्तरीय सेनिटरी प्याड उपलब्ध गराउनु पर्ने जस्ता माग सहित समुहले ज्ञापन पत्र पेश गरेको हो ।उक्त हस्तान्तरण कार्यक्रममा समुहको तर्फबाट मानव अधिकार समूह संयोजक चन्द्रमान प्रजा, ईन्सेक सहजकर्ता सलिना गौतम र गाउँपालिका सामाजिक बिकास शाखा प्रमुख गोबिन्द अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

Source: https://kalipokhari.com/archives/1477