राज्यलाई खबरदारी र जबाफदेही बनाउनु पर्नेमा जोड
धनगढी अनलाइन खबर । २०८१ जेठ १६ गते
धनगढी । मानव अधिकार रक्षकहरूले राज्यलाई खबरदारी र जबाफदेही बनाउनु पर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा भएको मानव अधिकार रक्षकहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । मानव अधिकार रक्षकहरूले उनीहरूको अधिकारको अनुगमन गरी, नागरिकलाई कर्तव्य निष्ठ बनाउँदै, दूर दराजका आवाजलाई उठान गर्नुपर्नेमा जोड दिएका हुन् । राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख हरि ज्ञवालीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र सिमान्तकृत वर्गको अधिकार संरक्षण विषयमा सहजीकरण गरे । उनले मानव अधिकार अनुगमन तथ्य संलकन एवं अनुसन्धान र मानव अधिकारको सम्मान तथा संरक्षणमा विशेष ध्यान दिइनुपर्ने बताए । यसका लागि राज्यको दायित्व महत्त्वपूर्ण रहेको आयोगका प्रमुख ज्ञवालीले बताए ।
इन्सेक सुदूरपश्चिम प्रदेश प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले घटनाको अनुगमन र सूचना सङ्कलन तथा अभिलेखीकरण, यसको उद्देश्य, विधि, अभिलेखीकरणले ल्याएको परिणाम र यसको महत्वको बारेमा सहजीरकण गरे । उनले यस विषयमा मानव अधिकार रक्षकहरूले विशेष ध्यान दिनुपर्ने बताए । दलित अधिकार मंचकी संयोजक सृजना पराजुलीले घटनाको अभिलेखीकरणका साथसाथै पछिल्लो अवस्थाको बारेमा जनाकारी राख्नका लागि निरन्तर अद्यावधि गर्न आवश्यक रहेको बताइन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकहरूले यसको अनुगमन नागरिकलाई कर्तव्य निष्ठ बनाउनुपर्ने बताएका छन् । उनले जनताका कुण्ठित भएका आवाज उठान गरी राज्यलाई खबरदारी र जबाफदेही बनाउनु पर्ने बनाउनुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा मानव अधिकार समूहका प्रतिनिधि, पत्रकार र मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
Source: https://dhangadhikhabar.com/news/71391
Source: https://www.kailalikhabar.com/news/11275
Source: https://pahura.com/2024/05/36057/
Source: https://sarathikhabar.com/news/4015