लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्न र ज्यादतीबाट सन् २०२३ मा २ हजार २६ जना पीडित

युगपाटी डटकम । २०८० फागुन १४ गते

सन् २०२३ मा लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्न र ज्यादतीका घटनाबाट सन् २ हजार २६ जना पीडित भएको तथ्यांक इन्सेकले सार्बजनिक गरेको छ ।

इन्सेकको अभिलेख अनुसार सन् २०२३ मा अन्य पक्षबाट ३ जना महिला घाइते भए । बाल अधिकारको घटनामा अन्य पक्षबाट २ सय ७८ जना महिला र १४ जना पुरुष गरी २ सय ९२ जना पीडित भए । आमानवीय ब्यवहारमा राज्यपक्षबाट २ जना पुरुष र अन्यपक्षबाट एक जना पुरुष गरी तीन जना ।

धम्कीमा राज्यपक्षबाट एक जना पुरुष , अन्यपक्षबाट एक जना महिला ,तीन जना पुरुष गरी पाँच जना । अपहरणमा अन्यक्षबाट तीन जना महिला ,चार जना पुरुष गरी सात जना पीडित भए ।

यसैगरी, महिला अधिकार राज्यपक्षबाट एक जना महिला अन्यपक्षबाट महिला गरी १६ सय ११ जना पीडित भए । कारागारमा तीन जना पुरुष मृत्यु भयो । जातीय विभेदमा अन्यपक्षबाट आठ जना महिला र दुई पुरुष गरी १० जना । गिरफ्तारी एक जना महिला र आठ जना पुरुष गरी नौ जना । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार एक जना महिला, एक जना पुरुष गरी दुई जना । बेपत्ता अन्यपक्षबाट १ जना महिला । कुटपिट राज्यपक्षबाट २७ जना पुरुष , अन्यपक्षबाट १२ जना महिला र २८ जना पुरुष तथ एक जना तेश्रोलिगीं गरी जम्मा ६८ जना पीडित भएको तथ्यांक रहेको उल्लेख छ ।

हिरासत वा थुनामा मृत्यु एक जना पुरुष । हत्या अन्यपक्षबाट २८ जना महिला ,१७ जना पुरुष गरी ५५ जना रहेका छन् ।

यसैगरी, अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले नेपालमा हरेक दिन २५ जनाभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

इन्सेकले फागुन ७ गते सार्वजनिक गरेको सन् २०२३ मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना र पीडितको तथ्य र तथ्याङ्क समेटेर तयार पारेको नेपाल मानव अधिकार वर्ष पुस्तक२०२४ अनुसार नेपालमा हरेक दिन २५ जनाभन्दा बढी पीडित भएको तथ्याङ्क उल्लेख छ ।

Source: https://yougpati.com/2024/02/26/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5-%e0%a4%85/