लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुनेः सरोकारवाला

langtangnews.com

IMG_20200715_145113

लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुनेः सरोकारवालारसुवा, असार ३१ गते लोकतन्त्रको विकासमा नागरिक समाज र सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । मानव अधिकारकाे क्षेत्रमा लामाे समयदेखि क्रियाशील संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०७७ असार ३१ गते विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य विषयक छलफल कार्यक्रममा सहभागीहरूले उक्त धारणा राखेका हुन् ।

कार्यक्रममा पत्रकार तथा बुद्धिजिवी सङ्गठन रसुवाका अध्यक्ष जयराम आचार्यले भौतिक पूर्वाधार निर्माण मात्र विकासको बुझाई रहेकोले बृहत्तर ध्यानदिन आवश्यक रहेको बताउनुभयो । सफ्टवेयर पनि विकास हो भन्ने बुझाई हुनुपर्ने बताउँदै उहाँले सञ्चार जगत र नागरिक समाज पनि विकासका लागि सरकारका सहयोगी भएको बताउनु भयो ।Rasuwaphoto120200716

सरकारले विकास गर्छ तर, विकाका काम बृहत्तर दृष्टिकोणबाट भए नभएको ध्यान दिने काम गर्नुपर्ने सञ्चार जगत र नागरिक समाजको भएको धारणा आचार्यको थियो ।

स्थानीय तहको अधिकांश नीति तथा कार्यक्रमहरू वितरणमुखी भएको, बजेट खर्च गर्न नसकेको र राजनीतिक दलमा आवद्ध ठेकेदारी विकासले समस्याले ल्याएकोले नागरिक समाज र सञ्चार क्षेत्रले खबरदारी हुनुपर्ने पनि उहाँले बताउनु भयो ।

नागरिक सञ्जालका झंकनाथ न्यौपानेले कालिकास्थान क्षेत्रमा सडक कालेपत्रे गरेको दुई दिनमै भत्केको विषय नागरिक समाज तथा पत्रकारहरूले उठान गर्न नसकेको बताउनुभयो ।

न्यौपानेले असारको अन्तमा ठेक्का लिएर हतारमा काम सक्नले दिगो विकास अझै नभएकोले नागरिक समाज र सञ्चार क्षेत्रको सङ्गठित आवाजलले खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले वन्यजन्तुले सिर्जना गरेको समस्या समाधान राहत वितरणबाट नहुने र समस्याको समाधान तर्फ लाग्नुपर्ने बताउँनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रसुवाका उपाध्यक्ष प्रेमप्रसाद पौडेलले पनि विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले असार मसान्तमा विकासका योजना काम गर्ने सम्पन्न गर्ने प्रबृत्ति रोक्न सञ्चार माध्यम र नागरिक समाजको खबरदारी आवश्यक रहेकोमा जोड्दिनुभयो । पौडेलले यस्ता कार्यक्रममा जनजीविकाको सवाल पनि उठान हुन आवश्यक रहेको बताउनु भयो ।

Rasuwaphoto220200716ईन्सेकका रसुवा जिल्ला प्रतिनिधी हेमनाथ खतिवडाद्धारा सञ्चालित कार्यक्रममा प्रतिनिधी खतिवडाले इन्सेकको लामो समयदेखि देशभर मानवअधिकारको अवस्था अनुगमन र संरक्षण संर्वद्धन र चेतनाको लागि नागरिक अभियानको रुपमा काम गरेको र कोभिड–१९ को महामारी पछिको लकडाउनमा मानवअधिकारको अवस्था तथा विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य विषयक छलफल गरेर सम्बन्ध , जिल्लाको अवस्था बारे छलफल आवश्यक भएको बताउनुभयो ।

रेडियो लाङटाङकी पत्रकार संगीता लामाले कोभिड १९ र लकडाउन भौतिक रूपमा छलफल भेला हुन नसक्ने अवस्थामा गाउँमा इन्टरनेटको पहुँच अझै बिस्तार नभएकोले प्रविधिमैत्री भर्चुअल मिटिङ हुन नसकेको बताउनुभयो । तसर्थ सामाजिक दुरी कायम गरेर प्रत्यक्ष भेटेर नै हुने बैठक प्रभावकारी भएको उहाँको धारणा थियो । उहाँले कोभिड १९ को महामारीका कारण भएको लकडाउनले हिड्डुल गर्न नपाउँदा समाचार सम्प्रेषणमा समस्या परेको बताउनुभयो । उहाँले अझै असार विकास नरोकिएकोले दिगो विकास कसरी गर्न भन्ने विषय महत्वपूर्ण भएको बताउनुभयो ।

लाङटाङ राष्ट्रिय निकुन्जका रेन्जर अमृता पुडासैनीले लकडाउनकै समयमा सरुवा भएर आएपछि आफूले वन्यजन्तुले खेतीबाली नष्ट गरेको भनेर आएको ४० परिवारको निवेदनलाई राहतको लागि सिफारिस गरिसकेको बताउनुभयो । बाँदरले गरेको क्षतिको राहत वितरण गर्न निकुञ्जको नीतिले नमिल्ने भएकोले स्थानीय तहमा पनि समन्वय गर्न आवश्यक रहेको रेन्जर पुडासैनीको सुझाव थियो । मानिसको लागि पनि आवश्यक पर्ने हुनाले प्रकृतिको संरक्षण गर्न पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गर्ने काम भइरहेको बताउनुभयो । ‘वन्यजन्तुले क्षति गरेअनुसार क्षतिपूर्ति दिन सकिँदैन,’ उहाँले भन्नुभयो । ‘सहयोगस्वरूप राहत दिएका हौं ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको राहत अक्षयकोषको व्याजबाट राहत वितरण गरिएको निकुञ्जले जानकारी दिएको छ ।

राष्ट्रिय महिला अधिकार मञ्चकी मिठु तामाङले नागरिक समाज र सञ्चार जगत एकबद्ध भएर बलियो आवाज बुलन्द गर्न आवश्यक भएको र गाउँगाउँमा खेती योग्य जग्गा बाँझो राख्न नपाउने नीति भएको तर लगाएको खेती वन्यजन्तुले नष्ट गर्नाले समस्या भएको बताउनुभयो ।

लालीगुरास सामुदायिक विकास केन्द्रकी उपाध्यक्ष कुमारी तामाङले वन्य जन्तुले गर्ने क्षतीको राहत पाउने कुराको गाउँगाउँमा सूचना नभएको र अन्नबाली उत्पादन गरेर खाने किसान समस्यामा परेको बताउँनुभयो । मृग, बदेल, दुम्सी, बाँदरले गर्दा उत्तरगया गाउँपालिमा किसान हैरानीमा परेको उहाँले बताउनुभयो ।IMG_20200715_145113

धैबुङ्ग कालिका साना किसान सहकारी संस्थाका प्रबन्धक पूर्णप्रसाद न्यौपानेले गाउँगाउँमा बाँदरले खेतीबाली नष्ट गरिदिनाले समस्या आएको बताउनुभयो । सरकारले जग्गा जमिन बाँझो राख्न नपाउने नियम लगाउने तर बाँदरलगायत वन्यजन्तुले हैरानी दिएकोले समस्या आएको बताउनुभयो । गैरसरकारी संस्था महासङ्घ रसुवाका उपाध्यक्ष शिला मगरले गैर सरकारी क्षेत्रको काम उपलब्धि मुलक बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा कालिकास्थान प्रहरी चाैकीका इन्चार्ज लक्ष्मण गाैतम लगायत सामाजिक संस्थाका प्रतिनिधीहरू, पत्रकारहरू सहभागी थिए ।

Source:http://www.langtangnews.com/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%95/?fbclid=IwAR2lmYjMZ7wqxE_mnOocwm3si2l7w78XIQ4qtC8m-7kkwrmkI5EnbGvSvYo