वटेश्वरमा ‘दलित प्रतिको विभेद’ नामक सडक नाटक प्रदर्शन

शिरीष न्यूज डटकम । २०८० वैशाख १५ गते

ढल्केवर- धनुषाको वटेश्वर गाउँपालिकामा गठित बाल अधिकार संचेतना समुह द्वारा सडक नाटक प्रदर्शन गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले धनुषाको वटेश्वर गाउँपालिका स्थित श्री शिव शक्ति मावि वटेश्वर र श्री लक्ष्मी मावि चित्रपुरमा गठन गरेको बाल अधिकार संचेतना समुहले सोहि गाँउपालिकाको राम्रो चौकमा सडक नाटक प्रदर्शन गरिएको बाल अधिकार संचेतना समुह मधेस प्रदेश अध्यक्ष हरिचन्द्र साहले बताउनुभयो। दलित प्रतिको विभेद भन्ने विषयमा प्रदर्शन गरिएको सडक नाटकमा दलितहरु माथि हुने आत्यचार ,विभेद र शोषण भएको कुरा दर्साएको थियो। समाजमा दलित समुदायलाई सानोतिनो फोहर काममा लगाइदिने ,छुवाछुतको हिसाबले विधालयमा ,गाँउघरमा हुने भोजभतेरहरुमा भेदभाव गर्ने र अपहेलित गर्ने आदि कुरा समेत दर्शाएको थियो। दलित भनेको हामी जस्तै मानव समुदायकै सदस्य हो ।

कुनै जाति सानो र ठुलो हुदैन, सबै कुरामा सबै जातजातिको समान हक र अधिकार हुन्छ र राज्य बाट पाउने सबै सेवासुविधा मा समान अधिकार हुन्छ। कसैले पनि छुवाछुत र भेदभाव गरेको खण्डमा दण्ड र जरिवाना हुने कुरा संविधान मा उल्लेख रहेकोले यस्ता भेदभाव र छुवाछुत नगर्न लाई सबै आमजनसमुदाय माझ आग्रह गरिएको थियो। स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले छुवाछुत र भेदभाव रहित समाज निर्माण गर्ने यस नाटकको मुख्य उदेश्य रहेको थियो। सडक नाटक प्रदर्शनमा श्री शिव शक्ति मावि वटेशवर र लक्ष्मी मावि चित्रपुर का विधार्थीहरु सहभागी भएका थिए। सोहि सडक नाटक प्रदर्शन कार्यक्रम मा वटेश्वर गाउँपालिका ४ का वाडा अध्यक्ष निरज कार्की,श्री शिव शक्ति मावि वटेशवर का प्रअ प्रमोद शरण केवट, इन्सेक धनुषा जिल्ला सहजकर्ता अनिता यादव सहित वाडा सदस्यहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो।

Source: https://shirishnews.com/2023/04/28/38751/?mibextid=unz460&fbclid=IwAR3WTXiWJWw9nuh_hp8vBo0KFw5-jz9rWqIwTJL2OKkx3UMb6z_fMDt-eHo