![DSC_0136-2 DSC_0136-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0136-2.jpg)
![DSC_0084-2 DSC_0084-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0084-2.jpg)
![DSC_0072-2 DSC_0072-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0072-2.jpg)
![DSC_0813 DSC_0813](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0813.jpg)
![DSC_0808 DSC_0808](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0808.jpg)
![DSC_0783 DSC_0783](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0783.jpg)
![DSC_0774 DSC_0774](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0774.jpg)
![DSC_0762 DSC_0762](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0762.jpg)
![DSC_0759 DSC_0759](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0759.jpg)
खुलानजर डटकम । २०८० माघ ८ गते
सुर्खेत: स्थानीयस्तरमा वातावरण अधिकार सम्बन्धी एम दिने कार्यशाला पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयकोे आयोजना, पञ्चपुरी मानव अधिकार समूहको समन्वय र बालअधिकार समुहको सहकार्यमा सोमबार सम्पन्न गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष खिमबहादुर बयकले स्थानीय स्तरमा पनि वातावरण संरक्षण सम्बन्धी ऐनहरु बनाउन आवश्यक रहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले स्वच्छ वातावरणमा जीवन जिउन पाउने मानव अधिकार रहेकोले त्यसको संरक्षणमा ध्यान दिनुपर्नेे बताए । उनले पालिकामा वातावरण शाखा आवश्यक रहेको बताउँदै खानेपानी तथा स्वच्छता ऐन बनाउने काम अन्तिम चरणमा रहेको जानकारी दिए । डिभिजन वन कार्यालय भेरीका कायर्कालय प्रमुख बलमलाल चौधरीले वातावरण संरक्षण सम्बन्धी कार्यक्रम गर्नुपूर्व त्यसको मूल्याङ्कन गर्नुपर्ने बताए । उनले वातावरण जोगाउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको औंल्याए ।
त्यस्तै कृषि शाखा प्रमुख दिपेन्द्र न्यौपानेले वातावरण कृषीमा प्रत्यक्ष जोडिएकोले त्यसमा प्रभाव पार्ने विषयमा वहस गर्नुपर्ने बताए । यूएनडिपीको सम्बन्ध परियोजनाका कर्मचारी शुसील घिमिरेले वातावरण संरक्षण गर्न आफैबाट सुरु गर्नुपर्ने बताए ।कार्यक्रमको खुला छलफलमा विद्याज्योति माध्यामिक विद्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद सापकोटाले विश्वको वातावरण बिग्रदै गएरहेका बेला यसको संरक्षण गर्न सचेतना जागाउनुपर्ने बताए । इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वातावरण अधिकार सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । उनले वातावरण संरक्षण गर्न ऐन कार्यानवयन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बालअधिकार समुह, विद्यालयका प्रध्यानाध्यापक, शाखाका प्रमुख, प्रहरी कार्यालयका पनिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन इन्सेकको मानव अधिकार शिक्षा कार्यक्रमकी सामाजिक परिचालक ललिता विकले गरेकी थिइन् ।