विद्यालय खोल्नु आफैमा चुनौती प्रअ
भक्तपुर । विद्यालय खोल्नु आफैमा चुनौती भएको प्रअहरुले बताएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ मा भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा भएको स्वास्थ्य अधिकार सम्वन्धी सरोकारवालाहरु सँगको अन्तरक्रिया कार्यक्रममा प्रअहरुले विद्यालय खोल्नु आफैमा चुनौती भएको बताएका छन् । विद्यालय खोल्न हामी तत्पर नै भएर लागेका छौ तर विद्यालयमा भौतिक दुरी कायम गर्न पुग्ने स्थान तथा कक्षा कोठाको ब्यवस्था पनि छ तर विद्याथी शिक्षकको आँखा छलर पनि सँगै जाने तथा मास्कको प्रयोग विना विद्यालय आउनु ठुलो समस्या भएको महेन्द्रग्रामका प्रअ सोम श्रेष्ठले बताए । उनी भन्छन् हामीले विद्याथीसँग सँगै अभिभावको पनि चेतना स्तरमा सुधार नल्याउने हो भने विद्यार्थीलाई मात्र सुधार्न नसकिने र कोरोना सँग लड्न नसकिने उहाँले बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा पञ्चकन्या माविका प्रअ सन्तराम दुलालले नगरपालिकाले उपलब्ध गराएको केही मास्क र स्यानिटाईजर पर्याप्त नभएको बताउनुभयो । उहाँले अभिभावक एवं विद्यार्थी आफै सचेत नभएसम्म विद्यालयले मात्र कोरोना नियन्त्रणमा प्रभावकारी भुमिका निभाउन नसक्ने उहाँको धारण थियो । यस्तै कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष परासर सापकोटाले कोरोनाका कारण आयका समस्यालाई सुरक्षित हुँदै सम्पन्न गर्न आफूहरु लागी परेको बताउनुभएको थियो । विभिन्न अधुरा कामहरुलाई निरन्तरता कसरी दिने र विद्यालय, स्वास्थ्य क्षेत्र लगाएत विभिन्न क्षेत्रमा कसरी सहज रुपमा समस्या समाधान गर्ने भन्ने विषयमा आफूहरु केन्द्रित भएको उहाँले बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा चाँगुनारायण नगरपालिका स्वास्थ्य प्रमुख सत्यकुमार दुवालले आफूहरुले कोरोना सँग सँगै अन्य रोगको विषयमा पनि गम्भीर भएर काम गरि रहेको जानकारी दिनुभएको थियो । स्वास्थ्यका क्षेत्रमा आफूहरु गम्भीर भएर लागेको बताउँदै उहाँले वालबच्चालाई दिनुपर्ने विभिन्न खोप तथा विभिन्न स्वास्थ्य सेवामा पनि कसरी आधिनिक तवरबाट कोरोना सँग लड्दै प्रभावकारी सेवा प्रदान गर्ने भन्ने कुरामा लागेको उहाँले जानकारी दिनुभयो ।
यस्तै चनापा ८ का स्वास्थ्य चौकीका प्रमुख राजन खड्काले पनि आफूहरुले गाउँघर क्लिनिक देखि परिवार नियोजनका विभिन्न साधन उपलब्ध गराउँने देखि आगामी दिनमा बृद्दबृद्दा बा आमाहरुलाई उहाँकै घर घरमा नै गएर स्वास्थ्य जाँच गर्ने प्रबन्धमा जुटेको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाकी कार्यपालिका सदस्य कृष्ण कार्कीले आफ्ना वडामा आएका शिक्षा स्वास्थ्यका समस्या समाधान गर्न आफू लागी पर्ने बताउनुभएको थियो । उहाँले शिक्षामा आएका विभिन्न शिर्शकका बजेटहरु यदी रकमान्तरण गरी विद्यालय संचालनमा प्रभावकारी कार्यक्रममा लगानी गर्न मिल्ने भए आफू यसका लागि लागिपर्ने बताउनुभएको थियो । मानव अधिकार समाज चानपा वडा नम्वर ८ का कार्यवहाक संयोजक रामगोपाल श्रेष्ठको अध्यक्षतामा भएको थियो भने कार्यक्रम मानव अधिकार समाजकी उप संयोजक अम्विका खत्रीले संचालन गर्नुभएको थियो ।