विप्लव नेतृत्वको नेकपाका भेरी कर्णाली इन्चार्ज रिहा

 विश्वनाथ सिम्खाड
 07/05/2019

 

कालिकोट । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बुद्धिजिवि संगठन भेरी कर्णाली इन्चार्ज धनराज शाहीलाई इन्सेकको रोहवरमा मंगलबार छाडिएको छ ।

तिलागुफा नगरपालिका –६ का ३१ वर्षीय शाहीलाई जिल्ला प्रहरी कार्यालयबाट इन्सेक प्रतिनिधि कालीवहादुर मल्लको रोहवर तथा पत्रकार दिलिप कुमार शाहीको जिम्मामा छाडिएको कालिकोटका प्रहरी प्रमुख डिएस्पी विनोद शर्माले बताए ।

विप्लव नेकपामा लागेको आरोपमा प्रहरीले शाहीलाई ०७५ चैत २९ गते गिरफ्तार गरेको थियो । अदालतले वैशाख ८ गते धरौटीमा रिहा गरेपनि प्रहरीले पुनः सार्वजनिक मुद्धामा पक्राउ गरी हिरासतमा राखेको थियो ।

वैशाख २३ गते जिल्ला प्रशासन कार्यालयले दुइ हजार धरौटी तथा दैनिक तारेखमा मुक्त गर्ने फैसला अनुसार रिहाइ गरिएको हो ।

स्रोत : http://rajdhanidaily.com/167039/