शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्नुस् : मुख्य निर्वाचन अधिकृत भट्ट
आदर्श सञ्चार डटकम । २०७९ कात्तिक २५ गते
बागलुङका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश डाक्टर दिवाकर भट्टले निर्वाचनलाई भयरहित निश्पक्ष, भयरहित र शान्तीपुर्ण सम्पन्न गर्नको लागि पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । शुक्रबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको टोलिसँग कुरा गर्दै उहाँले पर्यवेक्षक, पत्रकार र सरोकारवालाको सहयोग विना शान्तिपूर्ण निर्वाचन गराउन सम्भव नहुने भएकोले सबैको सकारत्मक साथको आवश्यकता भएको बताउनु भएको थियो । बागलुङ जिल्लामा रहेका २ निर्वाचन क्षेत्रका १ सय ६ मतदान स्थल र २ सय ३१ मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नको लागि तयारी पुरा भएको भट्टले बताउनु भयो । कात्तिक २६ र २७ गते निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालीमको आयोजना गरिएको उहाँले बताउनु भयो । बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले सुरक्षा व्यवस्था कडा पारिएको बताउनु भयो । मतदान स्थलको संवेदनशिलतालाई हेरेर तयारी गरिएको उहाँले बताउनु भयो । १ गते सम्म सम्पूर्ण मतदान स्थलमा कर्मचारी खटिइ सक्ने उहाँको भनाई थियो । अनुगमन तथा भेटघाट कार्यक्रमा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, सवनम शर्मा, नियोग बागलुङका अध्यक्ष सावित्री खड्का सहित इन्सेक बागलुङका पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।
Source: https://www.aadarshasanchar.com/state/2022/11/11/43063/