





कभरखबर डेस्क । २०७८ असार २० गते
मानवअधिकारको अवस्था अनुगमन गर्न कर्णाली प्रदेश मानअधिकारकर्मी सहितको टोली असार २० गते सल्यानको खलंगामा पुगेको छ । इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीको नेतृत्वमा अधिकारकर्मी,पत्रकार र कानुन मन्त्रालयका प्रतिनिधि सहितको टोली सल्यान सदरमुकाम खलंगा पुगेको हो ।
इन्सेको इएलपी परियोजना अन्तरगत गठन भएको शारदा नगरपालिकाको मानवअधिकार समुहको अवस्था अनुगमन तथा कार्य प्रगती बारे अनुभव आदान प्रदान गर्ने उद्देश्यले नगर प्रमुख तथा समुहका सदस्यहरुसंग छलफल गर्न जिल्ला पुगेको इन्सेक प्रदेश प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले इन्सेकले मानवअधिकारको क्षेत्रमा उल्लेखनीय भुमिका खेलेको बताउनुभयो।उहाँले इन्सेकले बेला बेलामा मानवअधिकारका विषयमा सवालहरु उठान गर्ने गरेका कारण नगरले वास्तविक पीडितका समस्या सम्बोधन गर्न सकेको बताउनुभयो ।
पालिका भित्रका सबै समस्याका विषयमा आफुहरुलाइ जानकारी नभएका विषय लगायत अधिकारका विषयमा सहजीकरण तथा सचेतीकरण गर्ने काम मानवअधिकारकर्मीले गरी रहेको जानकारी दिंदै उहाँले आफुले पनि अधिकारबाट वन्चित भएकाहरुकालागी सधै हातेमालो गर्ने बताउनुभयो ।
यस्तै पालिकाका उपप्रमुख तथा न्यायिक समितीका संयोजक सावित्रा बस्नेतले इनसेकसंगको सहकार्यमा न्याय प्रकृयामा समेत केही सहज भएको बताउनुभयो । विभिन्न समस्याका बावजुद पनि पीडितलाइ न्याय दिलाउन सफल भएको बताउँदै उहाँले जिल्लामा अधिकारकमीृको भुमिका समेत सराहनीय भएको बताउनुभयो ।
कार्यक्रममा सुर्खेतको विरेन्द्र नगरपालिकाका मानवअधिकार समुहका संयोजक तथा सल्यानको शारदा नगरपालिकाका संयोजक तथा सदस्यहरुसंग छलफल र आगामी दिनमा थप कसरी प्रभावकारी ढंगले काम गर्ने भन्ने विषयमा समेत समिक्षा गरिएको थियो । सल्यानका तर्फ बाट शारदा नगरपालिका मानअधिकार समुहका संयोजक मुना हमालले कार्य प्रगती र उपलब्धीका विषयमा जानकारी गराउनु भएको थियो भने मानवअधिकार समुह विरेन्द्रनगरका संयोजक लक्ष्मी आचार्यले पनि आप्mनो जिल्लामा गरेका कामको अनुभव प्रस्तुत गर्नु भएको थियो ।
अनुगमन टोलीमा कर्णाली प्रदेश कानुन मन्त्रालयबाट कृष्ण रोकाय,पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेल,सचिव ललति बुढा र मानवअधिकार समुह विरेन्द्रनगरका संयोजक लक्ष्मी आचार्यको सहभागिता रहेको थियो ।
Source: सल्यानको शारदा नगरपालिकाको मानवअधिकारको अवस्था बारे समिक्षा | Coverkhabar