सुकुम्बासी बस्तीका बालबालिकाको स्वास्थ्य र शिक्षाको हक सुनिश्चित गर्न माग गर्दै सर्वोच्चमा रिट
शिलापत्र डटकम । २०८३ साउन १५ गते
सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य र शिक्षाको हक सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गर्दै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का तर्फबाट वरुण बस्यालले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।
रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालयसहित १५ भन्दा बढी सरकारी निकायलाई विपक्षी बनाइएको छ ।
रिटमा सुकुम्बासी बस्तीमा रहेका बालबालिकाले संविधानले प्रत्याभूत गरेको स्वास्थ्य, शिक्षा तथा बालअधिकार प्रभावकारी रूपमा उपभोग गर्न नपाएको, राज्यको निष्क्रियताका कारण उनीहरूको मौलिक हक प्रभावित भएको उल्लेख गरिएको छ ।
बालबालिकालाई आधारभूत स्वास्थ्य सेवा, नियमित शिक्षा र सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारका नाममा आवश्यक आदेश जारी गर्न माग गरिएको छ ।
रिट निवेदनको पक्षबाट अधिवक्ताहरू गौरव बराल, सिराज बराल, बिपना शर्मा र विनोद पौडेललगायतले बहस गर्ने जनाइएको छ । सर्वोच्च अदालतले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि १८ साउनमा पेशी तोकेको छ ।
Source: https://shorturl.at/dA5iK
Source: https://shorturl.at/VMYkN
Source: https://shorturl.at/L2REU
Source: https://shorturl.at/S1XLW
Source: https://www.ronbpost.com/2026/08/18561/
Source: https://shorturl.at/pXozg
Source: https://shorturl.at/EyUP6
HUMAN RIGHTS NEWS PORTAL






