सुदूरपश्चिममा एक वर्षमा ५१७ वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना घटे
धनगढी: सुदूरपश्चिम प्रदेशमा एक बर्षको अवधीमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका ५१७ वटा घटनाबाट नागरिक पीडित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशले शुक्रवार धनगढीमा आयोजना गरेको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२१ को सार्वजनिकिरण कार्यक्रममा सो बताईएको हो।
सन् २०२० को अवधीमा सुदूरपश्चिममा राज्यपक्षबाट ५२ र अन्य पक्षबाट ४६५ वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना घटेको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडक राज जोशीले जानकारी दिए। सवैभन्दा बढी महिला अधिकार सम्वन्धी ३११ वटा घटना भएका छन् भने सवैभन्दा कम अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकार र आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका एक रएक वटा घटना रहेका छन्। इन्सेकको अभिलेख अनुसार गिरफ्तारीमा ४० जना रहेका छन्। जुन राजनीतिक संगठनमा आवद्ध रहेका व्यक्ति रहेका छन्।
यस्तै बाल अधिकार उल्लङ्घनका घटनामा ८२ जना पीडित भएका छन्। कैलालीमा राज्यपक्ष र अन्यबाट मानव अधिकार उल्लंन र ज्यादतीका घटनामा अन्यपक्षबाट १ सय ७० जना महिला, १२ जना पुरुषसहित १ सय ८२ जना र राज्यपक्षबाट तीन जना महिला,१९ पुरुषसहित २२ जना पीडित भएको इन्सेकको अभिलेखमा छ। यस्तै कञ्चनपुरमा मानव अधिकार उल्लघन र ज्यादतीका घटनामा २१ जना महिला र सात जना पुरुष सहित २८ जना अन्य पक्ष र राज्यपक्षबाट १४ जना पुरुष पीडित भएको छन्।