स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम
कैलाली खबर डटकम । २०८१ पुस २३ गते
सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा रहेको कान्तिराज्यलक्ष्मी माध्यामिक विद्यालयको सभा हलमा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको सहयोग, घोडाघोडी नगर स्तरीय मानव अधिकार समूहको समन्वय र वाल अधिकार चेतना समूह कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोडाघोडी नगपालिका वडा नम्बर १० का वडा सदस्य तथा न्यायिक समितिका सदस्य रोहित बमले वातावरण स्वच्छ र सफा राख्न बालबालिकाको महत्त्वपूर्ण भूमिका पनि उत्तिकै महत्त्वपूर्ण भएको उनले बताए । मानव अधिकारप्रतिको सम्मानलाई अभिवृद्धि गर्न वातावरणलाई स्वच्छ तथा स्वस्थ बनाउनु र यसको दिगो संरक्षण गर्नु राज्यको मात्रै नभएर सबैको अनिवार्य दायित्व भएको उनले बताए ।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका कृषि प्राविधिक गणेश बहादुर शाहीले विभिन्न उद्योगहरूबाट उत्सर्जन हुने फोहोर मैलाले वातावरणमा नकारात्मक प्रभाव पारिरहेको तथा ध्वनि प्रदूषण भइरहेको उनको भनाई थियो । सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणमा बाच्न पाउनु सबैको अधिकार भएको उनले बताए ।
स्वच्छ वातावरण र वातावरण अधिकारको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए । स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा कान्तिराज्यलक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक उमाकान्त मिश्र, सहायक प्रधानाध्यापक कमल तिमिल्सेना, शिक्षक महेन्द्र मणि मिश्र, भिमराज अम्मै र संरक्षक शिक्षक प्रमोद कठरीयाले शुभकामना मन्तव्य राखेका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय कैलालीका सहजकर्ता वीरेन्द्र शाहले राष्ट्रिय वातावरण नीति २०७६ प्रस्तुत गर्दै नीतिको कार्यान्वयनको अवस्थाका बारेमा सहजीकरण गरेका थिए । वातावरण संरक्षणका लागी सम्पूर्ण सरोकारवालाहरूले आआफ्नो तर्फबाट सहयोग र समन्वय गर्नु पर्ने उनको धारण रहेको थियो ।
स्वच्छ वातावरण निर्माण महत्त्वपूर्ण विषय भएकोले राज्यको तीन वटै निकाय एकजुट भएर लाग्नुपर्ने उनको भनाई थियो । राज्यका निकायहरूबिच समन्वय नहुँदा स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने व्यक्तिको मौलिक अधिकार हनन भइरहेको इन्सेक प्रतिनिधि वीरेन्द्र शाहले बताए । गाँस,बास,कपास सँग सँगै स्वच्छ बातावरमा बाच्न पाउनु आफ्नो अधिकार भएको उनले बताए । साथै उनले बालबालिकाहरूलाई विद्यालय बरिबरी सफा र सुन्दर राख्न समेत आग्रह गर्नु गरे ।
कान्तिराज्यलक्ष्मी माध्यामिक विद्यालयमा गठन गरिएको वाल अधिकार चेतना समूहका अध्यक्ष कविता सापकोटाको सभाध्यक्ष र वडा नम्बर १० का वडा सदस्य रोहित बमको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय कैलालीका सहजकर्ता वीरेन्द्र शाहले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरू लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।