हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जान सहयोग
कर्णाली मिशन डटकम । २०८२ असार २७ गते
जुम्ला – २३ वर्षीया हिंसा पीडित महिलालाई कानुनी प्रव्रिmयामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । उनको घर न्यायलयदेखि धेरै टाढा भएको र आउन जान, खाजा नास्ताका लागि खर्च होस भन्ने उद्देश्यले इन्सेकले सहयोग गरेको हो ।
पीडित महिलाले सहयोगको अपेक्षा गर्दै इन्सेक जिल्ला प्रतिनिधिको कार्यालय जुम्लामा उनले असार २० गते निवेदन पेस गरेकी थिइन् । सोही निवेदनको आधारमा असार २५ गते मावअधिकार सहायता कक्ष कर्णाली प्रदेश सचिवलायको बैठक बसी पीडित महिलालाई कानुनी प्रक्रिया जान सहज होस भन्ने उद्देश्यले १० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको थियो । उक्त सहयोग रकम असार २७ गते पीडितलाई हस्तारण गरिएको इन्सेक कर्णाली प्रदेश संयोजन नारायण सुवेदीले बताए ।
हिंसा पीडित महिलाले बलात्कार गरेको आरोपमा सान्नी त्रिवेण गाउँपालिका– २ कालिकोटका २४ वर्षीय अशोक बुढाविरुद्ध पीडितले असार २० गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएकी थिइन् ।
यस्तै इन्सेकले हालसम्म जुम्लाका तीन वर्षको अवधिमा विभिन्न ९ जना हिंसा पीडित महिला किशोरीलाई कानुनी प्रक्रियामा जान सहजता होस भन्ने उद्देश्यले ६८ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । घटना, आवश्यकता र पीडितको न्यायलयसम्मको दुरीका आधारमा इन्सेकले प्रति पीडित पाँच हजारदेखि १० हजार रुपियाँ आर्थिक सहयोग गर्ने गरेको छ ।
यस चालु आर्थिक वर्षमा कर्णाली प्रदेशका १० जिल्लाका १८ जना हिंसा पीडित महिलालाई आर्थिक सहयोग गरिएको छ । तीन वर्षको अवधिमा प्रदेश भरका ६२ जना हिंसा पीडित महिला र किशोरीलाई आर्थिक सहयोग गरिएको इन्सेकको तथ्यांक रहेको छ ।
इन्सेक प्रदेश कार्यालय वीरेन्द्र नगर सुर्खेतमा मानवअधिकार सहायकता कक्ष रहेको छ । इन्सेकको प्रदेश संयोजक नारायण सुवेदी, राष्ट्यि मानवअधिकार आयोग कर्णाली प्रदेशका मानवअधिकार अधिकृत मानबहादुर कार्की र जिल्ला जिल्ला बार एशोसियसनका अधिवक्ता गीता कोइरालाको सचिवालय रहेको छ । सोही सचिवालयले कर्णाली प्रदेशभरका हिंसा पीडितलाई कानुनी प्रक्रियामा जान आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
HUMAN RIGHTS NEWS PORTAL






