हिंसा र समस्यामा परेका १४ जनालाई ईन्सेक सुदूरपश्चिम प्रदेशद्वारा आर्थिक सहयोग
इखबर सफ्तार डटकम । २०८२ असार १० गते
धनगढी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले ६ महिनाको अबधीमा विभिन्न हिंसा र समस्यामा परेका १४ जनालाई आर्थिक सहयोग गरेको छ ।
सन् २०२५ जनवरी देखि सन् २०२५ जुन सम्म ६ महिने अबधीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले विभिन्न हिंसा र समस्या परेका १४ जनालाई आर्थिक सहयोग गरेको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका संयोजक खडकराज जोशीले मानव अधिकार सहायता कक्ष सबलीकरण विषयक छलफल कार्यक्रम्मा १४ जनालाई सहयोग गरिएको जानकारी गराएका हुन ।
मानव अधिकार सहायता कक्षको नियमीत बैठकमा बेल्दै जोशीले प्रति ब्यक्ति १० हजारका दरले १४ जनालाई सहयोग गरिएको जानकारी गराएका हुन ।
१२ जनालाई पहिले सहयोग गरीसकेको जानकारी गराउदै उनले थप २ जनालाई मंगलबारको बैठकले सिफरिस गरेको जानकारी गराउदै उनलाई पनि सहयोग रकम उपलब्ध गराउने बताए । बर्षमा ३० जना पीडितहरुलाई प्रति ब्याक्ति १० हजारका द।ले सहयोग गर्ने उनले जानकारी गराए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख खडक राज जोशीले मानव अधिकार सहायता कक्षलाई सबल बनाउन विभिन्न कार्यक्रम गर्दै पीडीतहरुलाई सहयोग गर्दे आएको जानकारी गराए । उनले सानो भए पनि सहयोग रकमले पीडितलाई राहात मील्ने बताए ।
HUMAN RIGHTS NEWS PORTAL






