३५ कारागारबाट १३ हजार कैदी फरार, कुन जेलबाट कति भागे ? (सूचीसहित)
नेपाल प्रेस डटकम । २०८२ भदौ २७ गते
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका जेलबाट १३ हजार ११४ कैदी बन्दी फरार भएकोमा १२९८ जना नियन्त्रण र सम्पर्कमा आएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सबै प्रदेशबाट संकलन गरेको विवरण अनुसार अझै ११ हजार ८६८ कैदीबन्दी फरार छन् । जेलबाट भाग्ने क्रममा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते छन् ।
कैदी बन्दी फरार भएका कारागार र बाल सुधार गृहमा रहेका १६ हजार ७९७ जनामध्ये अहिले ४ हजार ८९५ मात्र कैदमा छन् । ३५ जिल्लाका कारागार र बाल सुधार गृहबाट कैदी बन्दी फरार भएका छन् । ती जिल्लाका इन्सेक प्रतिनिधिले पठाएको रिपोर्टका आधारमा तयार पारिएको विस्तृत विवरण इन्सेकले शुक्रवार सार्वजनिक गरेको छ ।
Source: https://www.nepalpress.com/2025/09/12/638998/
Source: https://www.nepalpress.com/2025/09/12/638998/
Source: https://shorturl.at/vq8DS
HUMAN RIGHTS NEWS PORTAL






