७४औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयाेजित रक्तदानमा २० युनिट रगत संकलन

सफल आवाज डटकम । २०७९ मङ्सिर २२ गते

पोखरा । “न्याय सम्मान र मर्यादित रोजगार हामी सबैको सारोकार” मूल नाराका साथ डिसेम्बर १०, २०२२ मा मनाउन लागिएको ७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पोखरामा बुधबार (मंसिर २२ गते) रक्तदान कार्यक्रम आयोजना गरिएको छ । प्रदेश सरकार गण्डकी प्रदेश पोखरा, मानव अधिकार महाभेला गण्डकी प्रदेश, पोखरा र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशको आयोजनामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले जानकारी दिए । कार्यक्रम रक्त संचार सेवा गण्डकीको प्राविधिक सहयोगमा गरिएको हो । यसअघि कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका मन्त्री मेखलाल श्रेष्ठले पहिलो रक्तदाता जिवनराम तिवारीलाई ब्लड व्याग हस्तान्तरण गर्दै रक्तदान तथा मानव अधिकार महाभेलाको उद्घाटन गरेका थिए ।

सो अवसरमा मन्त्री श्रेष्ठले कसैको जिवन बचाउन रक्तदान जस्तो उत्तम दान अर्को कुनै नभएको बताए । उनले भने, यसका बारेमा हामी सबैले बुझ्नुपर्छ र अरुलाई पनि बुझाउनु पर्छ । समय समयमा रक्तदान गरे स्वस्थता पनि कमाईने र अरुको ज्यान पनि जोगाउन सकिने भएकोले महत्वपूर्ण भएको बताए । साे अवसरमा मन्त्री श्रेष्ठले अरुको ज्यान बचाउनका लागि दिन सकिने मानव शरिरका अंग दानका लागि कस्तो नीति अपनाउनु पर्ने हो सरकारले सोचिरहेको बताए । उनले प्रदेश सरकारले रगतलाई निःशुल्क गर्नुपर्छ भन्ने मान्य राखेर गएको फागुन १ गतेबाट निःशुल्क रगत पाउने व्यवश्था मिलाएको बताए । उनले भने, मानव अधिकार वा जनचासोका विषयमा सरकार जहिले पनि साथमा रहेको प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका प्रमुख मायादेवी शर्माले आफुलाई पनि बचाउन र अरुलाई पनि बचाउन यस्ता कार्यक्रम सहयोगि हुने बताईन्।

गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपि खड्ग बहादुर खत्रीले यस प्रकारका कार्यक्रमले समाजमा राम्रो छाप पार्ने बताए । सबै स्वस्थ हुन पाउने अधिकार मानव अधिकारको विषय पनि भएकोले रक्तदान गरेर अरुको जिवन जोगाउने महान कार्यमा सबैले सहभागिता जानाउनु पर्ने बताए । उनले मानव अधिकारको रक्षाका लागि नेपाल प्रहरी सदैव सचेत रहेको बताए । विशेष अतिथि मुख्यमन्त्री कार्यालयका सचिव मनमाया पगेनी भट्टराईले रक्तदान एक पवित्र कार्य भएकोले आजको दिन मर्यादित महिनावारी दिवश पनि भएकोले महत्वपूर्ण रहेको बताईन्। कार्यक्रमका सभापति मानवअधिकार महाभेला गण्डकीका संयोजक तथा शान्तिका लागि नागरिक समाजको संजाल कास्कीका संयोजक विना सिलवालले मानवको रगतबिना मान्छेको जिवन नचल्ने भएकोले सृष्टिकर्ता आमाबाट जन्मेका सन्तान भएकोले हजारौंलाई फेरि जिवन दिन रक्तदान सहयोगि हुने बताईन्। समग्र महिला वर्षमा ४८ दिन महिनावारीकै कारण छुवाछुतको विभेदमा रहेको बताईन्। उनले हरेक पविारले छोरी, महिलालाई महिनावारि बार्न लगाएर हिंसा नगर्न अनुरोध गरिन् । उनले भनिन्सु, रक्षित महिनावारि अहिलेकाे आवश्यक्ता भएको र यसमा सबैले सघाउनु पर्ने बताईन् । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले सहजिकरण गरेको कार्यक्रम ५० बढी संस्थाहरुको नेटवर्क मानव अधिकार महाभेला गण्डकीका संयोजक विना सिलवालको अध्यक्षतामा भएको थियो ।

Source: https://safalawaj.com/2022/12/08/101091/