लैंगिक हिसां तथा जातीय बिभेद बिरुद्ध सडक नाटक
कर्णाली न्यूज । २०७९ फागुन ९ गते
अनौपचारिक सेवा केन्द्र इन्सेकले लैंगिक हिसां तथा जातीय बिभेद बिरुद्ध सचेतनामुलक सडक नाटक प्रर्दशन गरेको छ । कणर्ाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फागुन ९ गते समाजमा लैंगिक हिसां र जातीय बिभेदका कारण पछाडी परेको र धेरै मानव अधिकार हनन्का घटनाहरु पनि लैंगिक हिसा र जातीय बिभेदका कारण घट्ने गरेकाले सचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको हो । लैंगिक हिसां तथा जातीय बिभेद बिरुद्ध ऐनहरु हुदाँहुदै पनि यस्ता घटना समाजमा व्याप्त भएका कारण कानुनी सचेतना अभिबृद्धि गर्न कणर्ाली कला प्रतिष्ठानसंग सहकार्य गरि सडक नाटक गरिएको इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनुभयो । सडक नाटकमा महिलाले लैंगिक हिसांका कारण पढ्न नपाउने, मानसिक तथा शाररिक हिंसा सामना गर्नु पर्ने लगायत जातीय बिभेदका कारण किशोर किशोरीहरुले ज्यान गुमाउनु पर्ने र दलितहरुले आत्म सम्मान बिना समाजमा बाँच्नु पर्ने स्थितीको चित्रण गरिएको थियो । करिव २०० जनाको सहभागीता रहेको सडक नाटकलाई थप प्रभावकारी बनाउनका लागी लैगिंक हिसा तथा जातीय बिभेद सम्वन्धी कानुनी सचेतना पर्चा पनि बितरण गरिएको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






