मानव अधिकार समुहको राक्सिराङको २ दिने क्षमता अभिबृद्वि तालिम सम्पन्न ।
काली पोखरी डटकम । काठमाडौँ । २०७९ फागुन २६ गते
राक्सिराङ गाउँपालिका स्तरीय मानव अधिकार समुहको लागि आयोजित २ दिने क्षमता अभिबृद्वि तालिम मनहरीमा सम्पन्न भएकोछ । फाल्गुन २५ र २६ गते गरि दुई दिन सन्चालित तालिमको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)बागमती प्रदेश कार्यालय,हेटौंडाले आयोजना गरेको हो । राक्सिराङ गाउँपालिका स्तरीय मानव अधिकार समूहका पदाधिकारी र सदस्यहरु सहभागी रहेको तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एबम राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले मान्छे भएर जन्म लिएपछि सबै मानिसले बाच्न पाउनु मानब अधिकार भएको भन्दै राज्यले नागरिकको गाँस, बास, कपास संगै शिक्षा, स्वास्थ्य,यातायात र शिक्षा लगाएतका सवालमा राज्यको नजर पुग्नु आवश्यक रहेको भन्दै राक्सिराङ गाउँपालिकामा मानव अधिकारका सवालमा गाउँपालिका सरकार प्रतिबद्ध रहेको बताउनुभयो । त्यस्तै गरि बिशिष्ट अतिथि एबम राक्सिराङ गाउँपलिका वडा नम्बर ५ का वडा अध्यक्ष हरि बहादुर प्रजाले मानव अधिकारको आफैमा एक संवेदनशिल विषय भएको भन्दै अधिकार र कर्तब्यको सन्दर्भमा हामी सबै सजक हुनुपर्ने बताउनुभयो ।
ईन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले सन्सारमा जस्तो सुकै अवस्थामा पनि मान्छेले बाच्न पाउनु पर्छ भनेर आवाज उठाउदै आईरहेको बताउदै द्वन्द्वग्रस्त अवस्था होस या शान्तिपूर्ण क्षेत्र त्यहा ईन्सेकले मानवअधिकारको सवालमा सधै वकालत गर्दै आईरहेको बताउनुभयो । मानव अधिकार सम्बन्धी संबैधानिक ब्यबस्था , मानव अधिकार समुहको काम ,कर्तब्य र अधिकारसंग सम्बन्धीत रहेर सहभागीहरुलाई तालिम मार्फत जानकारी दिईएको थियो । त्यस्तैगरी नेतृत्व बिकासका बारेमा तालिम दिईएको हो । २ दिन सम्म सन्चालित तालिममा गणेश भण्डारी र प्रकाश खतिवडाले सहजीकरण गर्नुभएको ईन्सेकका सहजकर्ता सलिना गौतमले जानकारी दिनुभयो । राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ प्रमुख अतिथी,५ नम्बर वडा अध्यक्ष हरि बहादुर प्रजा बिशिष्ट अतिथि ,ईन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी ,ईन्सेक बगमती प्रदेश फोकल पर्शन बलुका न्यौपाने लगाएतकाको आतिथ्यता रहेको कार्यक्रममा मानव अधिकार समूह राक्सिराङका संयोजक चन्द्रमान प्रजाको सभाध्यक्षता रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






