धनुषाको मिथिलामा बालबालिकाले देखाए भेदभाव विरुद्धको सडक नाटक
शिरीष न्यूज डटकम । २०८० वैशाख १८ गते
शिक्षा,स्वास्थ्य,खाधान्न र भेदभाव विरुद्धको विषयमा विधार्थी बालबालिकाहरुले छोराछोरीमा हुने भेदभाव, शिक्षा बाट वञ्चित गरिएको अवस्था बारे नाटक मार्फत् दर्शाउन खोजीएको थियो। स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले छुवाछुत र भेदभाव रहित समतामुलक समाज निर्माण गर्ने यस नाटकको मुख्य उदेश्य रहेको थियो।
सडक नाटक प्रदर्शन कार्यक्रम मा उपस्थिति दर्शकहरुका अनुसार “नाटक देखाएका बालबालिकाहरुलाई धन्यवाद दिदै,वास्तविक विधमान अवस्थाको चित्रण गरेर समाजलाई सुसुचित पार्न खोजेको र आफै परिवर्तन भएर अग्रसर भएको प्रति खुशी व्यक्त गर्दै प्रशंसा गरेका थिए भने नाटक बाट मनोरञ्जनात्मक तरिकाले दर्शकहरुलाई मनोरञ्जन गराउदैं छोराछोरी दुवैलाई शिक्षामा पहुँच बढाउन जोड दिन खोजेका थिए।
सडक नाटक प्रदर्शनमा श्री महेन्द्र मावि ढल्केबर का बाल क्लब संरक्षक शिक्षक निर प्रसाद शर्मा, इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, इन्सेक मधेस प्रदेश स-अधिकृत बरुण बस्याल, इन्सेक जिल्ला प्रतिनिधि अनिता यादव,मानव अधिकार समुह मधेस प्रदेश सहसचिव हरिनारायण दास,मानव अधिकार समुह मिथिला नगरपालिका अध्यक्ष मोहन महतो, मिथिला नगर बाल संजाल अध्यक्ष दिपेश कुमार सिंह , जिल्ला बाल सञ्जालका सदस्य आयुषा बरेली लगायतको उपस्थिति रहेको थियो।
HUMAN RIGHTS NEWS PORTAL






