१६ दिने अभियानको क्रममा ईच्छाकामनामा सडक नाटक प्रदर्शन
कालीपोखरी डटकम । २०८० मङ्सिर १२ गते
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितता: महिला बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ २०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसिय महिला हिंसा विरुद्धको अभियानको क्रममा इच्छाकामना गाउँपालिका वडा न १ हात्तिबाङमा मंसिर १० गते लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम तथा सडक नाटक गरी समपन्न भएको छ ।
इन्सेकद्वारा गठित बाल अधिकार समुहको आयोजना र इन्सेकको आर्थिक सहयोगमा, इच्छाकामना गाउँपालिका, इच्छाकामना गाउँपालिका मानव अधिकार समुह,आमा समूह ,श्री राष्ट्रिय मा बि हात्तिबाङको समन्वयमा सडक नाटक प्रदर्सन समपन्न भएको हो । हामी कुनै पनि प्रकारका हिंसा गर्दैनौ ,हिंसा सहन्नौ,र हिंसा हुन दिन्नौ भन्ने मुल मन्त्रलाई नाटक मार्फत प्रस्तुत गरिएको थियो ।नाटकमा हिंसामा परेका महिला तथा बालबालिकाहरुले भोग्नु परेको घरेलु हिंसा तथा यातनालाइ देखायको थियो।
नाटकमा इच्छा कामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले बालबालिकाले प्रदर्सन गरिएको सडक नाटक एक्दमै यथार्थतामा आधारित रहेको बताउनु भयो । साथै बालबालिकाहरुले समाजमा भएका नकारात्मक कुप्रथा,रितिरिवाज ,हिंसा अन्य कृयाकलापलाई नाटक मार्फत सचेतना जगाउने गरि प्रस्तुत गरेको प्रती धन्यबाद समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, सामाजिक बिकास शाखा प्रमुख पार्वती मग्राती ,न्यायिक सहजकर्ता कृष्ण सापकोटा ,शिक्षक ,स्थानीय बासिन्दा लगायत अन्यको उपस्तिथि रहेको थियो ।
यो पनि पढ्नुस्
सोमबार इच्छाकामना गाउँपालिका वडा न २ स्थित श्री जनप्रिय मा बि काउलेमा इन्सेकद्वारा गठित बालअधिकार समुहका भाइबहिनिहरुले छोरिलाई शिक्षा सम्बन्धि सचेतना मुलक सडक नाटक प्रस्तुत गरेका हुन्।अझै पनि ग्रामीण भेगहरुमा छोरालाई भन्दा छोरिलाई शिक्षा दिनमा भेदभाव गर्ने, छोराको दर्जामा छोरीलाई नराख्ने सानै उमेरमा छोरिको बिबाह गर्ने अबस्थालाई केन्द्रित गरेर बालबालिकाले नाटक प्रस्तुत गरेको थियो ।
नाटकमा जनप्रिय मा बि का प्रधानाध्यापक नेत्र प्रसाद अधिकारीले छोरिलाई शिक्षाको कति आवश्यक छ ? हाम्रो समाजमा छोरिलाई कस्तो अबस्थामा राखेको छ भन्ने कुरा सडक नाटकबाट प्रस्तुत गरिएको प्रती बालबालिका प्रती धन्यबाद ब्यक्त गर्नुभयो ।
छोरालाई सरह छोरिलाई पनि शिक्षा दिनुपर्छ भन्ने सन्देश दिईएको नाटकमा बिधालयमा अध्ययनरत बिधार्थिहरुको राम्रो प्रस्तुती रहेको थियो ।
कार्यक्रम ईन्सेक बागमती प्रदेशको आर्थिक सहयोगमा सम्पन्न भएको हो । सस्थाले सडक नाटकको अवलावा भित्तेपात्रो लेखन , चित्रकला प्रतियोगिता लगाएत अन्य अतिरिक्त शैक्षिक गतिबिधी संचालनमा सहयोग पुर्याउदै आईरहेकोछ ।
Source: https://kalipokhari.com/?p=1552
HUMAN RIGHTS NEWS PORTAL






