प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठक सम्पन्न
बाँके । २०८१ कात्तिक २३ गते
इन्सेक लुम्बिनी प्रदेश कार्यलय, नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठक ०८१ कात्तिक २१ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले प्रदेश स्तरीय मानव अधिकार सञ्जालको उद्देश्य माथि प्रकाश पार्दै मानव अधिकारको अवस्था विष्लेशण, मानव अधिकार दिवस मनाउने तयारी र मानव अधिकार सञ्जालले गरेको सामूहिक काम तथा अनुभव सिकाई आदान प्रदान गर्ने उद्देश्यले स्थापना भइ काम गरी रहेको बताउनु भयो ।

स्वः भजनराम स्मृति अक्षयकोष बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतमले स्वा. भजनराम चौधरीको स्मृतिमा डिसेम्बर ९ तारिकका दिन मानव अधिकार दिवस मनाउने र एक जना मानव अधिकारको क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई पुरस्कार सहित सम्मानित गर्ने र मानव अधिकार रक्षक क्षमता विकास तालिम विद्यालय स्तरमा सञ्चालन गर्नुपर्ने आवश्यक भएको बताएका बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज शाखा कार्यालयका प्रमुख द्वारिका अधिकारीले मानव अधिकारका सवालमा काम गर्ने सङ्घसस्थाहरूको सक्रियतामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, १० डिसेम्बरमा मनाउने तयारी गर्ने योजना तय गर्दैै विगतका दिनमा सञ्जालले मानव अधिकारको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको बताउनु भयो । सञ्जालले मानव अधिकारको घटना, कारागार, बाल सुधार गृह प्रहरी हिरासत अनुगमन गर्दा देखिएको चुनौती, समस्या समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिएको थियो ।
ध्रुबराज शर्मा
HUMAN RIGHTS NEWS PORTAL






