छ महिनामा १८ वटा मानव अधिकार उल्लङ्घनका घटना
गोरखापत्र डटकम । २०८२ असार १४ गते
यस अवधिमा जिल्लामा दुई हत्या, पाँच बलात्कार, तिन हत्या प्रयास, पाँच अभद्र व्यवहार, दुई यौन दुर्व्यवहार र एक साइबर अपराध गरी १८ वटा घटनाको अभिलेख गरिएको छ । ती घटनामध्ये चार जना बालिका पीडित भएका छन् ।
कार्यक्रममा जिल्ला भित्रका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना तथा चुनौतीबारे सरोकार वालाबिच विस्तृत छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले मानव अधिकार उल्लङ्घन न्यूनीकरणका लागि प्रहरी प्रशासन, मानव अधिकारकर्मी, जनप्रतिनिधि, पत्रकार लगायत सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले जिल्लामा गम्भीर बिरामीका लागि सुविधा सम्पन्न सघन उपचार कक्ष (आइसियु) सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै त्यसले धेरै बिरामीलाई राहत पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पाँचथरका पूर्व अध्यक्ष लक्ष्मी गौतम, सशस्त्र प्रहरी बलका नायब उपरीक्षक कुमार बराल, जिल्ला प्रहरी कार्यालय पाँचथरका वरिष्ठ प्रहरी नायब निरीक्षक मनोजकुमार यादव, हुकुडेक नेपाल पाँचथरका सचिव राजेन्द्र काफ्ले, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष सुरेन शिशिर केरुङ लगायत पत्रकार तथा सरोकारवाला सहभागी थिए ।
Source: https://shorturl.at/Oz4gp
Source: https://shorturl.at/WP20k
HUMAN RIGHTS NEWS PORTAL






