संखुवासभामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा बृद्धि
ट्रिरत्न न्यूज डटकम । २०८२ असार १७ गते
संखुवासभामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् । पछिल्लो ६ महिनाको अवधीमा २७ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा २८ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज खाँदबारीमा आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । सन् २०२५ को जनवरीयता भएका मानव अधिकार उल्लङ्घनका २७ घटनामा २८ जना पीडित भएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताए । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरेको मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाको अर्धवार्षिक समीक्षा कार्यक्रमका क्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो । संखुवासभामा विगत ६ महिनामा भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट २८ जना पीडित भएको सार्वजनिक भएको छ । अघिल्ला वर्षहरुमा झै बलात्कार,घरेलु हिंसा र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ । ६ महिनाको अवधीमा ८ बालिका सहित ११ वटा बलात्कृत,घरेलु हिंसा १३ वटा,साइवर क्राइम २ वटा,हत्या वटा,कुटपिट गैर राज्य पक्ष एक वटा घटना अभिलेख भएको इन्सेक प्रतिनिधि कार्कीले बताए । गत बर्ष २४ वटा घटना भएका थिए ।
कार्यक्रममा बोल्नु हुदैँ जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग कारण मानव अधिकार उल्लंघन र ज्यादतीका घटना बृद्धि भएको बताए । सामाजिक सञ्जालको दुरुपयोगले युवा,युवती र महिला पीडित भएका कारण विद्यालय स्तर देखिनै जनचेता आवश्यकता देखिएको समन्वय प्रमुख शाक्यले बताए । न्यूनिकरणका लागि विद्यालय स्तरमै जनचेतना जगाउन सरोकारवाला सबै पक्ष लागनु पर्ने उनको भनाइ छ । यस्ता कार्यक्रमले भएका घटनाको उजागर हुने सच्चिएर अघि बढ्न सहयोग पुग्ने बताए । मानव अधिकार उल्लंघन र कानुन उल्लंघन हुन नदिन प्रहरी समेत भएका कारण गरिहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
मानव अधिकार उल्लंघन हुन नदिने प्रहरी कर्मचारीलाई मानव अधिकार सँग सम्बन्धित तालिम प्रशिक्षण दिइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । प्रहरीले लुकार लुकाइएका घटना बाहिर ल्याउन काम गर्नुका साथै मानव अधिकारको सही सदुपयोग गर्ने गरी काम गरिरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । त्यस्तैगरी जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत घाङरी लामाले इन्सेकले पालिका स्तर सम्म घटनाहरु समेट्न आवश्यक भएको बताए । कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष अनिष विष्टले विगतका ६ महिनाको अवधीमा महिला र बालिका बढी पीडित भएको भन्दै चिन्ता ब्यक्त गरे ।
आगामी दिनमा यस्ता घटनाको स्थानीय तहका न्यायिक समितिले यसको पहिचान खोजेर न्यूनिकरणका लागि जनचेतना आवश्यकता भएको बताए । विभिन्न सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज क्रियाशिल पत्रकार तथा मानव अधिकारसँग सरोकार संघ संस्थाको उपस्थिती रहेकको थियो ।
Source: https://triratnanews.com/news-details/4713/2025-07-01
HUMAN RIGHTS NEWS PORTAL






