मानव अधिकार सहायता कक्ष सवलीकरण कार्यक्रम सम्पन्न
मोरङ । २०८२ असार १९ गते
मानव अधिकार रक्षकहरूलाई काम गर्ने क्रममा आइपर्ने विभिन्न खालका आपतकालीन अवस्थामा सहायतका लागि स्थापना गरिएको मानव अधिकार सहायता कक्षको असार १९ गते विराटनगरमा सवलीकरण छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।
मानव अधिकार रक्षकहरूको सुरक्षा, पहिचान र सम्मानलाई केन्द्रीत गरेर ०७८ साउन १ गते इन्सेक कोशी प्रदेश सचिवालय रहने गरी स्थापना गरिएको मानव अधिकार सहायता कक्षको ०८२ असार १९ गते सवलीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
इन्सेक कोशी प्रदेश कार्यालयको आयोजना र इन्सेकको सभाकक्षमा सम्पन्न भएको मानव अधिकार सहायता कक्ष सवलीकरण कार्यक्रममा सहभागी मानव अधिकारकर्मीहरूले मानव अधिकार सहायता कक्षलाई निरन्तरता दिदैँ मानव अधिकार सहायता कोष स्थापना गर्ने विषयमा छलफल गरेका छन् ।
अधिकारको पक्षमा काम गर्ने सिलसिलामा मानव अधिकारकर्मीहरूमाथि भौतिक आक्रमण हुने, पेशागत हिसाबले जोमिख हुने भएकाले मानव अधिकार सहायता कक्षलाई निरन्तरता दिन आवश्यक देखिएको सिविन नेपालका मोरङ प्रमुख वासुदेव अधिकारीले सवलीकरण कार्यक्रममा बताउनु भयो ।

गैर सरकारी संस्था महासङ्घ मोरङ अध्यक्ष विष्णु शर्माले इन्सेकले मानव अधिकार सहायता कक्ष स्थापना गरी कोशी प्रदेशभरी भएका मानव अधिकारकर्मीलाई आपतकालीन अवस्थामा राहत पुगेकाले अबका दिनमा विभिन्न सङ्घसंस्था मिलेर मानव अधिकार सहायता कक्षलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।
माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले इन्सेकले स्थापना गरेको मानव अधिकार सहायता कक्षले मानव अधिकार रक्षकलाई मात्रै नभएर हिंसामा परेकाहरूलाई समेत सहयोगी सावित भएकाले सबै मिलेर मानव अधिकार सहायता कोष बनाएर हेल्प डेस्कलाई निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो ।
मानव अधिकार सहायता कक्षले मानव अधिकार रक्षकसहित हिंसामा परेकाहरूलाई आर्थिक, कानुनी र मानवीय सहयोग गरेको र त्यसको दिएको नतिजाका बारेमा इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले जानकारी गराउनु भयो ।
मानव अधिकार सहायत कक्षमा इन्सेक सचिवालयसहित पत्रकार महासंघ कोशी प्रदेश, उच्च वार एशोसिएन विराटनगर, मानव अधिकार सञ्जाल विराटनगर, महिला मानव अधिकार सञ्जाल विराटनगर, गैर सरकारी संस्था महासंघ मोरङ, अपाङ्ग महासङ्घ कोशी प्रदेश, ज्येष्ठ नागरिक सङ्घ, मानव अधिकारका लागि एकल महिला, मानव अधिकार रक्षक परिषद्, गैरसरकारी संस्था महासङ्घ र राष्ट्रिय मानव अधिकार आयोग विराटनगर सदस्यका रूपमा छन् ।
विनोद सुवेदी
HUMAN RIGHTS NEWS PORTAL






