३१औँ ‘प्रकाश मानव अधिकार पुरस्कार’ सुनिलकुमार यादवलाई
रातोपाटी डटकम । २०८२ साउन ११ गते
- इन्सेकले यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार चुरे तथा वन-जङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई दिने निर्णय गरेको छ।
- यादवलाई वातावरण अधिकारका क्षेत्रमा गरेको योगदानको कदर गर्दै ४० जनाको नाममध्येबाट छनोट गरिएको हो।
- पुरस्कार छनोट समितिमा सुशील प्याकुरेल, डा. सूर्यप्रसाद ढुङ्गेल र गंगा कसजु सदस्य रहेका छन्, र पुरस्कार साउन १६ गते प्रदान गरिनेछ।
काठमाडौँ । इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको ‘प्रकाश मानव अधिकार पुरस्कार’ यस वर्ष चुरे तथा वन-जङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने निर्णय इन्सेकले गरेको छ ।
पुरस्कारका लागि सार्वजनिकरूपमा आह्वान गरिएअनुसार प्राप्त ४० जनाको नाममध्येबाट वातावरण अधिकारका क्षेत्रमा सम्झौतारहित सङ्घर्ष गर्दै आएका यादवलाई छनोट गरिएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा। सूर्यप्रसाद ढुङ्गेल र अधिकारकर्मी गंगा कसजु सदस्य रहेका छन् ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ मौवाही निवासी यादव सन् २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आएका छन्। चुरे क्षेत्रको दोहनका कारण मधेस प्रदेशमा देखा परिरहेका जलवायु तथा वातावरणीय असरबारे सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन उनले विभिन्न सचेतनामूलक कार्यक्रम, अभियान र पैरवी गर्दै आएका छन्।
आगामी साउन १६ गते काठमाडौँमा आयोजना हुने ३३ औँ प्रकाश स्मृति दिवसको अवसरमा पुरस्कृत व्यक्तित्व यादवलाई नगद ५० हजार सम्मानपत्र र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
Source: https://www.ratopati.com/story/503156/31st-prakash-human-rights-award-to-sunil-kumar-yadav
Source: https://esamachardainik.com/2025/07/27/4322/
Source: https://shorturl.at/GOuhb
Source: https://shorturl.at/gdVjg
Source: https://shorturl.at/GQpNU
Source: https://shorturl.at/ezpPL
Source: https://spkhabar.com/all/35679/
Source: https://www.kailalikhabar.com/detail/12937
Source: https://khabarhub.com/2025/27/826964/
Source: https://shorturl.at/TczTl
Source: https://paharedar.com/?p=3091
HUMAN RIGHTS NEWS PORTAL






