२६ औं अन्तर्राष्ट्रिय युवा दिवस: युवा नीति बन्नु पर्नेमा जोड

सिरहा । २०८२ साउन २७ गते

“स्थानीय युवाको सतत विकास लक्ष्य र त्यसपछिका कदमहरूका लागि अभियान” भन्ने मुलनाराका साथ २६ औं अन्तर्राष्ट्रिय युवा दिवस ०८२ साउन २७ गते सिरहामा मनाइएको छ ।

मुक्ति नेपालको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहा, गोलबजार नगरपालिका, सहयोगी हातहरु, प्रदेश यूवा सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल लगायत संघसंस्थाको सहकार्यमा सिरहाको गोलबजारमा र्‍याली पश्चात कोणसभा गरी मनाइएको हो ।
कोण सभामा गैर सरकारी संस्था महासंघ सिरहाका अध्यक्ष गोबिन्दराज विष्टले अहिले देशमा जताततै बेथिति, भ्रष्टाचारहरु मौलाइ रहेको छ, भ्रष्टाचार नियन्त्रणमा युवाहरु अगाडी आउने हो भने भ्रष्टाचार निर्मुल हुने बताउनु भयो ।

 

मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले तीन तहको सरकार भए पनि कुनै पनि सरकारले युवाहरुलाई लक्षित गरी कानुन र बजेट नछुट्याएको बताउनु भयो ।

इन्सेक प्रतिनिधि दुर्गा परियारले लागु औषध देशकै लागि खतरा भएको र खतराबाट मुक्त गराउन युवाहरु अगाडी आउनु पर्ने बताउनु भयो । देशमा भइरहेको भ्रष्टाचार अन्त्यका लागि युवाहरुले भूमिका खेल्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

प्रदेश युवा सञ्जालका प्रदेश अध्यक्ष मोहमद नइम राइनले प्रदेश सरकार, स्थानीय सरकारले हामी युवाहरुलाई बेवास्ता गरेको बताउनु भयो । अहिलेसम्म युवा नीति बनेको छैन, युवा परिषद गठन भएको छैन । स्थानीय सरकारले पनि युवालाई टेवा पुग्ने कुनै कार्यक्रम र बजेट नछुट्याएको बताउनु भयो ।

मानव अधिकारकर्मी दुर्गा परियार