बेपत्ता पारिएकाहरुको सम्झनामा दीप प्रोज्ज्वलन

दाङ । २०८२ भदौ १४ गते

विभिन्न समयमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा दाङमा दीप प्रोज्ज्वलन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), द्वन्द्वपीडित सञ्जाल दाङ र महिला सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा भदौ १४ गते घोराहीको सहिद गेटमा दीप प्रोज्ज्वलन गरिएको हो ।

बलपूर्वक व्यक्ति बेपत्ता पार्ने कार्यविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर बेपत्ता पारिएकाहरुका परिवारहरुको समेत उपस्थितिमा दीप प्रज्ज्वलन गरिएको थियो । कार्यक्रममा पीडितहरुले बेपत्ता पारिएका आफन्तहरुको अवस्था सार्वजनिक गर्न माग गरे । द्वन्द्वपीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले छिटो भन्दा छिटो पीडितहरुलाई न्याय दिन सरकारसँग माग गर्नुभयो ।

जयनारायण पुन