आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्या परेकी १४ वर्षीया बलात्कार घटनाको पीडित बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ मंसिर १६ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक बर्दिया प्रतिनिधिले बालिकाका आफन्तलाई न्यायमा पहुँचका लागि १० हजार रुपियाँ हस्तान्तरण गर्नु भएको हो ।
पीडित बालिकालाई कात्तिक १० गते ठाकुरबाबा नगरपालिका ९ बेतहनीका १९ वर्षीया सौरभ कुमालले बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय, गुलरियामा उजुरी दिएका थिए।
घटनाका आरोपितलाई प्रहरीले कात्तिक १० गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १० गते बर्दिया अस्पताल गुलरियामा भएको थियो ।
जिल्ला सरकरी वकिलको कार्यालय, बर्दियाले मंसिर ५ गते बर्दिया जिल्ला अदालतमा बलात्कारको अभियोगमा मुद्धा दर्ता गरेको थियो । अदालतको मंसिर ८ गतेको न्यायाधीश डल्लुराम चौधरीको इजलासले थारुलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
HUMAN RIGHTS NEWS PORTAL






