बलात्कार पीडित बालिककालाई कानुनी प्रक्रियामा जान इन्सेकद्वारा आर्थिक सहयोग

कैलाली । २०८२ पुस ३ गते

बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जान इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले ०८२ पुस २ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

१६ वर्षीया बालिकालाई कानुनी प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडित बालिकाकी आमालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पीडित बालिकाकी आमा मुक्त कमैया तथा पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाकी आमाले इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालयले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

बालिकालाई ०८२ कात्तिक ७ गते ५५ वर्षीय हजुरबुबाले बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक ८ गते ईलाका प्रहरी कार्यालय, झलारीमा उजुरी दिएको थियो ।

बालिकाको स्वस्थ्य परीक्षण कात्तिक ८ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको थियो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

मैनामोती चौधरी