नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

जाजरकोट । २०८२ पुस ५ गते

नेपाल मानव अधिकार बर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम पुस ४ गते सम्पन्न गरिएको छ । इन्सेक जाजरकोटको आयोजनामा सदरमुकाम खलंङगा स्थित रम्बा होटलको सभाहलमा पूर्व वार्षिक समीक्षा सम्पन्न गरिएको हो ।

मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका  ८४ ओटा घटनाहरु अभिलेख गरिएको इन्सेक प्रतिनिधि बासुदेव शर्माले कार्यक्रममा प्रस्तुत गर्नु भयो । जनवरी १ देखि डिसेम्बर १३ सम्म संङकलन गरिएका घटना मध्ये बलात्कार सम्बन्धी १२ ओटा, अभद्र व्यवहार सम्बन्धी १३ ओटा, कर्तव्य ज्यान सम्बन्धी तीन ओटा, अपराधिक उपद्रव सम्बन्धी दुई ओटा, ज्यान मार्ने उद्योग सम्बन्धी सात ओटा, गोली प्रहार सम्बन्धी एक ओटा, हत्या सम्बन्धी एक ओटा, खुकुरी प्रहार सम्बन्धी  एक ओटा, आत्महत्या दुरुसाहन सम्बन्धी तीन ओटा, कुटपिट सम्बन्धी एक ओटा, घरेलु हिँसा सम्बन्धीका ४५ ओटा घटनाहरु अभिलेख गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले इन्सेकले गरेको प्रयासको प्रशंसा गर्दै गाउँवस्तीमा लुकेर रहेका घटना बाहिर ल्याउनु पर्ने बताउनु भयो । मानव अधिकारको क्षेत्र बृहत भएकाले सबैको सामुहिक प्रयास हुनु पर्ने बताउनु भयो । मानव अधिकारका घटना न्युनिकरणका लागि सरोकारवाला निकाय नागरिक समाज एक जुट  हुन आवश्यक छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकारका क्षेत्रमा खोज अनुसन्धान गर्दै आएको छ । वर्तमान अवस्थामा अधिकारको रक्षा गर्नु नागरिकको कर्तव्य हो । 

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर एक्क बहादुर नेपालीले वर्तमान अवस्थामा मानव अधिकारका विषयमा सरोकारवाला निकाय लगाएत नागरिक सम्वेदनशिल हुनुपर्ने बताउनु भयो ।

जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले नागरिकमा चेतनाको कमीले मानव अधिकारका घटना हुने गरेको बताउनु भयो । सरोकारवाला निकायले मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । मानव अधिकारका घटनामा कमी ल्याउन अधिकारका विषयमा गाउँवस्तीका नागरिकलाई सचेत गराउनु पर्ने बताउनु भयो ।

एम्नेष्टी इन्टरनेशनल नेपाल ग्रुप ७७ का संयोजन खम्बजंग शाह, गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष सहदेव बस्नेत, दलित अधिकारकर्मी, महिला मानव अधिकारकर्मीले मानव अधिकार उलंङघन सम्बन्धी घटनाको संङकलन, पीडितलाई न्याय दिन सामाजिक अधिकारको सुनिश्चितता गर्न आग्रह गरेका छन् ।

बासुदेव शर्मा