नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १४ गते चितवनमा सम्पन्न भएको छ ।
इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले सन् २०२५ को अवधिमा जिल्लामा ६१ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरुको अभिलेख गरिएको सार्वजनिक गर्नु भयो । जसमा महिला बलात्कारका आठ र बलात्कार प्रयासका सात वटा घटना साथै बालिका बलात्कारका २० घटना अभिलेख गरिएको छ ।

त्यस्तै हत्याका घटनामा ६ जना पुरुष, दुई जना महिला र एक जना लैंगिक तथा यौनिक अल्पसंख्यक रहेको तथ्याङ्कमा उल्लेख छ ।
साथै, बाल यौन दुव्र्यवहारका सात, मानव बेचबिखनका दुई, जातीय छुवाछुतको एक, बालविवाहसँग सम्बन्धित एक, ‘बोक्सी’ आरोपको एक घटना अभिलेख गरिएको छ ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष रामचन्द्र आचार्यले मानव अधिकार उल्लङ्घनका घटनाको असभलेखिकरणको कार्य उल्लेखीय रहेको बताउदै यस कार्यका लागि इन्सेकसँग आवश्यक समन्वय र सहकार्यका कार्यहरु निरन्तर भइरहेको बताउनु भयो ।
कार्यक्रममा सञ्चारकर्मी, पत्राकार र मानव अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






