इन्सेक लगायतका संस्थाहरुको सहयोग तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा १ सय १६ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
“सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसिद्धिको अवसर” भन्ने नारासहित ०८२ फागुन २४ गते (८ मार्च ) वीरेन्द्रनगरमा अन्रक्रिया र खेलकुद प्रसतियोगिता गर्दै सम्पन्न गरिएको हो ।

कार्यक्रममा महिला अधिकार, समानता, न्याय र अवसरको सुनिश्चितताबारे छलफल गरिएको थियो । सहभागीहरूले महिलामाथि हुने हिंसा अन्त्य, निर्णय प्रक्रियामा महिलाको सहभागिता वृद्धि तथा महिला र बालिकाका अधिकार सुनिश्चित गर्न राज्य तथा सरोकारवाला निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको अन्त्यमा महिला अधिकार र समानताको सन्देश दिन विभिन्न खेल खेलाइएको थियो । त्यस्तै कार्यक्रममा सहयोग गर्ने संस्थाहरुलाई मायाँको चिनो दिएर सम्मान गरिएको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






