स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका प्रतिनिधिहरूले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन खेलेको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री ओम प्रकाश अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीलाई धन्यवादपत्र बुझाएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल लगायतको टोलीले ०८२ फागुन २९ गते सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई तथा निर्वाचन आयोगको कार्यालय, कान्तिपथमा पुगेर प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई धन्यवादपत्र हस्तान्तरण गरेको हो ।

धन्यवादपत्रमा प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन नेपाल सरकार तथा गृह मन्त्रालयले निर्वाह गरेको भूमिका र निर्वाचन आयोगले गरेको व्यवस्थापन तथा सुरक्षा समन्वयको प्रशंसा गरिएको छ । लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने महत्वपूर्ण राष्ट्रिय कार्यका रूपमा रहेको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सरकार, सुरक्षा निकाय तथा निर्वाचन आयोगको समन्वयात्मक प्रयास सराहनीय रहेको अभियानले जनाएको छ । भदौ २३ र २४ गतेको नव युवा (जेन–जी) आन्दोलनपश्चात् बनेको सरकारले विषम परिस्थितिका बाबजुद पनि निर्वाचनलाई मर्यादित, भयरहित र व्यवस्थित वातावरणमा सम्पन्न गराउन सकेको उल्लेख गर्दै त्यसमा गृह मन्त्रालय र निर्वाचन आयोगको भूमिका महत्वपूर्ण रहेको अभियानले जनाएको छ।
निर्वाचन अवधिभर कायम गरिएको शान्ति–सुरक्षा, पारदर्शी वातावरण तथा नागरिक सहभागिता सुनिश्चित गर्न गरिएको प्रयासले निर्वाचन प्रक्रियाप्रति आम नागरिकको विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको अभियानको भनाइ छ ।
धन्यवादपत्र बुभ्mदै ०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन आम नागरिक र नागरिक समाजको तर्पmबाट पुर्याएको महत्यपूर्ण सहयोग प्रति गृहमन्त्री ओम प्रकाश अर्यालले पनि धन्यवाद दिँदै यो सबैको सार्थक प्रयास र सहयोगले नै सम्भव भएको बताउनुभयो । साथै प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले सबैको साथ र सहयोगबाट नै यो सम्भव भएको बताउदै आगामी निर्वाचनहरुमा पनि नागरिक समाजको अपरिहार्य सहयोग आवश्यक रहेको बताउनु भयो ।
अभियानले आगामी दिनमा पनि लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, मानव अधिकारको संरक्षण तथा सुशासन प्रवद्र्धनमा सरकार र निर्वाचन आयोगको सक्रिय नेतृत्व र प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गरेको छ । साथै प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान पु¥याउने सुरक्षा निकाय, प्रशासनिक संयन्त्र तथा सरोकारवाला सबै निकायप्रति अभियानले धन्यवाद ज्ञापन गरेको छ ।
HUMAN RIGHTS NEWS PORTAL






