इन्सेकले बागमती प्रदेशमा मानव अधिकारको वर्तमान अवस्था र आगामी रणनीतिबारे सरोकारवालासँग ०८२ चैत ४ गते छलफल गरेको छ । भेटवार्ताका क्रममा बागमती प्रदेश सरकार अर्न्तगतका सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द्र वादेसँग इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक शिव प्रसाद खकुरेलले आगामी दिनमा मानव अधिकारको क्षेत्रमा गर्नुपर्ने पहलका विषयमा माग राख्नु भयो । उहाँले इन्सेक मार्फत प्रदेशका विभिन्न जिल्लामा मानव अधिकार संरक्षण र प्रवद्र्धनका लागि गर्दै आएका गतिविधि र भविष्यका योजनाबारे जानकारी गराउनु भयो । त्यसैगरी, भेटवार्ता टोलीले हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामा, बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता अप्सरा चापागाईं, बागमती प्रहरी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नान्तीराज गुरुङ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी श्याम बहादुर खत्रीसँग मानव अधिकारको वर्तमान अवस्था तथा आगामी कार्यदिशाबारे छलफल गरेको छ । भेटघाट कार्यक्रममा इन्सेकका निर्देशक मदन पौडेल, बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेल, सहायक अधिकृत बरुण बस्याल र इन्सेक मकवानपुर प्रतिनिधि मञ्जिता मैनालीको उपस्थिति रहेको थियो । सोहि क्रममा नेपाल वर्ष पुस्तक २०२६ सहित अन्य प्रकाशनहरू पनि सरोकारवालाहरूलाई हस्तान्तरण गरेको थियो ।

मञ्जिता मैनाली
HUMAN RIGHTS NEWS PORTAL






