हिंसा पीडित बालिकालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग

अर्घाखाँची । २०८२ चैत ८ गते

आर्थिक अवस्था कमजोर भएकी हिंसा पीडित ८ वर्र्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहयोग पुर्‍याउने उद्देश्यले इन्सेक लुम्बिनी प्रदेश कार्यालयले ०८२ चैत ८ गते संरक्षण परियोजना अन्तरगत मानव अधिकार सहायता कक्ष मार्फत १० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

पीडितका अभिभावकले दिएको निवेदन र इन्सेक प्रतिनिधिको सिफारिसको आधारमा बलात्कार पीडित बालिकालाई उक्त रकम प्रदान गरिएको हो ।

पीडित बालिकालाई ०८२ पुस २६ गते १६ वर्षीय बालकले बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनाको आरोपितलाई प्रहरीले फागुन २८ गते गिरङ्खतार गरी कानूनी दायरामा ल्याएको छ ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २८ गते अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको छ ।

कुल बहादुर नेपाली