कानुनी प्रक्रियामा जानका लागि इन्सेकको आर्थिक सहयोग

धनुषा । २०८२ चैत २० गते

१० वर्षीया बलात्कार घटनाकी पीडित बालिकालाई न्यायिक प्रक्रियामा सहयोग पुर्‍याउने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा  २०८२ चैत १९ गते पीडित परिवारलाई  १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ। पीडित परिवारको आर्थिक अवस्था कमजोर भएको कारण  कानुनी प्रक्रियामा जानका लागि पीडित बालिकाको बुबाले इन्सेक प्रतिनिधि समक्ष सोही दिन आर्थिक सहयोगका लागि निवेदन दिनु भएको थियो । डिसीएको आर्थिक सहयोगमा इन्सेक मधेश प्रदेश कार्यालयमा गठन भएको सहायता कक्ष मार्फत सो सहायता रकम उपलब्ध गराइएको प्रदेश संयोजक राजु पासवानले  जानकारी दिनु भयो । चैत १२ गते बालिकालाई बलात्कार गरेको आरोपमा बटेश्वर गाउँपालिका–५ का ५० वर्षीय उपेन्द्र सिंह दनुवारलाई १४ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरले गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत १४ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ।

सन्तोष कुमार यादव